तौलिहवा । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ४ को गुलेरीगाउँमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण सम्पन्न हुँदा दिनानाथ यादव र सत्यनारायण अहिर राजमोमा प्रवेश गर्नुभएको छ ।
२०८१ मङ्सिर २८ गते शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
यसअघि नेपाली काङ्ग्रेसको समर्थक रहनुभएका यादव र कोरी राजमोको नीति तथा कार्यक्रमबाट प्रभावित भएर सङ्गठनमा प्रवेश गरेको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा राजमोका सचिव केरसिंह अदैले प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा सचिव अदैले राष्ट्रियता, गणतन्त्रको रक्षा, सङ्घीयताको खारेजी आजको राष्ट्रिय आवश्कता भएको बताउँदै राजमोको सङ्घर्ष र तात्कालिक कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा उहाँले भ्रष्टाचार, सहकारी ठगीको विषयमा उठेका प्रश्नको जवाफ दिँदै यस विषयमा संसद् र सडकमा आवाज उठाएको प्रष्ट पार्नुभयो ।
राजमो वडा कमिटी सदस्य गोसाई गिरीको अध्यक्षतामा अघि बढेको थियो ।