दिनेश रैदास (दाङ) ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) दाङ जिल्ला समितिको आयोजनामा प्रशिक्षण कार्यक्रमको उद्घाटन घोराहीमा भएको छ ।
२०८१ मङ्सिर २८ गते शुक्रबारका दिन राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख उपस्थितिमा तीन दिने जिल्ला स्तरिय सैद्धान्तिक प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको हो ।
कार्यक्रममा आचार्यले शिक्षा वैज्ञानिक, व्यावहारिक र उत्पादनमूलक हुनुपर्ने बताउनुभएको थियो ।
उहाँले विद्यार्थी राजनीति आन्दोलन र जनजीवनको बारेमा प्रशिक्षण दिनुहुँदै तीन दिने प्रशिक्षण कार्यक्रममा प्रशिक्षकले प्रशिक्षण दिनुभन्दा बढि सहभागि विद्यार्थी आफै प्रशिक्षक बनेर आफ्नो नेतृत्व विकास गर्नुपर्छ उहाँको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य मेघराज भट्टराई, राष्ट्रिय जनमोर्चा घोराही नगर अध्यक्ष मनिराम खनाल,जातिय समता समाज दाङ जिल्ला सहसचिव पोषण नेपाली, राजमो घोराही १५ का अध्यक्ष शोभाराम आचार्य र अखिल नेपाल महिला सङ्घकी घोराही नगर सदस्य खीमा दमाईलगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम अखिल (छैठौं) दाङ जिल्ला अध्यक्ष सेवक भट्टराईले अध्यक्षता, रक्तिम सांस्कृतिक अभियान घोराही नगर सहसचिव स्वर्णिम थापाले स्वागत र अखिल (छैठौं) दाङ जिल्ला सचिव दिनेश रैदासले सञ्चालन गर्नुभएको थियो ।

