फुङलिङ । काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाँउपालिका–५ पेदाङ बस्ने ४५ वर्षीय राजेन्द्र बुढाथोकीको शव फेला पारेको छ ।
Advertisement
सशस्त्र प्रहरीको गोताखोरले बुढाथोकीको शव घटनास्थलभन्दा करिब ५० मिटर पर ७० फिटको गहिराइबाट निकालेको छ ।
बुढाथोकी मङ्सिर १९ गते नुहाउने क्रममा बेपत्ता भएका थिए । उनको शव खोलाको दहमा बालुवाले पुरिएको अवस्थामा मङ्सिर २५ गते गोताखोरले फेला पारेको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालयबाट गोताखोर तथा बिपत् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज मङ्सिर १९ गते नै उनको खोजीकार्यमा निरन्तर खटिएको थियो ।