• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

दक्षिण कोरियाको सत्तारुढ दलद्वारा युनको राजीनामा माग


  •   शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
  • दक्षिण कोरिया । दक्षिण कोरियाको सत्तारुढ दल, पिपुल्स पावर पार्टीका अध्यक्षले राष्ट्रपति युन सुक योलले देशको लागि ठूलो खतरा उत्पन्न गरेको भन्दै उहाँलाई पदबाट हटाउनु उचित भएको बताउनुभएको छ ।

    Advertisement

    युनको पिपुल्स पावर पार्टीका प्रमुख हान दोङ–हुनको आश्चर्यजनक टिप्पणीले शनिबार राष्ट्रपतिलाई महाभियोग लगाउन पर्याप्त सांसदहरूले मतदान गर्ने लगभग सुनिश्चितता गरेको छ ।

    हानले बिहीबार महाभियोगलाई रोक्ने बताउनुभएको थियो । पार्टीका अर्का एक नेताले भने शनिबारको मतदानमा युनलाई समर्थन गर्न पीपीपीका सबै १०८ सदस्य एकजुट हुने बताउनुभएको छ ।

    युनले मङ्गलबार राति सैनिक शासन (मार्शल ल) को घोषणा गरेर केही गलत गरेको स्वीकार गर्न इन्कार गर्नुभएका कारण शुक्रबार आफ्नो अडान परिवर्तन भएको हानले बताउनुभयो ।

    हानले भन्नुभयो, नयाँ तथ्यलाई ध्यानमा राख्दै गणतन्त्र कोरिया र त्यहाँका जनताको रक्षाका लागि राष्ट्रपति युन सुक योल जिम्मेवारीबाट शीघ्र निलम्बन हुन आवश्यक छ ।

    हानले भन्नुभयो, “युनले ‘गैरकानुनी रूपमा हस्तक्षेप गर्ने’ सैन्य अधिकारीविरुद्ध कुनै कारबाही गर्नुभएको छैन र उहाँले यो कदम गलत थियो भनेर स्वीकार गर्न अझै आनाकानी गरिरहनुभएको छ । त्यसैले, यदि राष्ट्रपति यूनले राष्ट्रपतिको पद धारण गरिरहनुभयो भने दक्षिण कोरिया र यहाँका जनताका लागि गम्भीर जोखिम छ । वर्तमान सङ्कटकालीन अवस्था जस्तै चरम कार्यहरू दोहोरिन सक्छ ।”

    युनले मङ्गलबार अबेरसम्म नागरिक शासनलाई निलम्बित गर्दै संसदमा सेना तैनाथ गर्नुभएको थियो । विपक्षीहरूको विरोधका कारण केही घण्टामा नै उहाँले आफ्नो निर्णय परिवर्तन गर्न बाध्य हुनुपरेको थियो ।

    दक्षिण कोरियाको ३०० सदस्यीय विधायिकामा विपक्षीको बहुमत छ र महाभियोगका लागि आवश्यक दुई तिहाइ बहुमत प्राप्त गर्न पीपीपीबाट केही सांसदले दलबदल गर्नु आवश्यक छ ।

    रियलमिटरले बिहीबार सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार राजधानीका ७३।६ प्रतिशत उत्तरदाताले महाभियोगको समर्थन गरेका छन् ।

    राष्ट्रपतिको राजीनामाको माग गर्दै हजारौं प्रदर्शनकारीले बिहीबार साँझ मध्य सियोल र संसद भवन नजिकै प्रदर्शन जारी राखेका छन् ।

    महाभियोग प्रस्ताव पारित भएमा संवैधानिक अदालतको फैसला नआउन्जेलसम्म युनलाई निलम्बन गरिनेछ । यदि न्यायाधीशहरूले सहमति दिएमा युनलाई महाभियोग लगाइनेछ र ६० दिनभित्र नयाँ निर्वाचन हुनुपर्नेछ।

    शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.