काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले जित हात पारेका छन्।
माओवादी दोस्रो हुँदा एमालेले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ।
२ वडाध्यक्षसँगै कांग्रेसले कीर्तिपुर क्लिनस्विप गरेको छ।
कीर्तिपुरको मेयर पदका लागि एमालेका सुरेन्द्र मानन्धर र माओवादीका शिवशरण महर्जन प्रतिस्पर्धामा थिए। यस्तै स्वतन्त्र उम्मेदवार राजमान महर्जन थिए।
कांग्रेसका कृष्णमानले ५ हजार ५०६ मत ल्याउँदा माओवादीका शिवशरण महर्जनले ५ हजार ६७ मत पाएका छन्। एमालेका सुरेन्द्रले ४ हजार ३२६ मत मात्र पाए।
निर्वाचन अधिकृत इन्दिरा कार्कीले मतगणना सकिएको र चाँडै नै आधिकारिक रूपमा घोषणा गर्ने नेपालखबरलाई बताइन्।
काठमाडौँको कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित भए भने एमालेका हर्ष महर्जनले ४९८ मत मात्रै पाए।
कीर्तिपुरकै वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए। उनले ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का ९अधिकारी० ले ४९५ मत पाइन्।