काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका ५ को वडाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन्।
Advertisement
एमाले उम्मेदवार गंगाबहादुर तामाङले ३९९ मत ल्याएर निर्वाचित भएका हुन्। कांग्रेसका घनश्याम दाहालले १७७ मत पाए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले १५१, माओवादीका मानबहादुर सुनुवारले २३ मत पाए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहाल र जनता समाजवादी पार्टीका इन्द्रबहादुर दर्जीले समान ३÷३ मत पाए।
वडामा १३२५ मतदाता रहेकामा ७६८ मत खसेको थियो।
यसअघि यस स्थानमा कांग्रेसका गोपीकृष्ण कार्की ३८४ मत पाएर विजयी भएका थिए।