• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

सरकारको नीति तथा कार्यक्रमबारे यस्तो छ मसालको धारणा


  •   शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले संघीयता खारेज गर्नुपर्नेमा जोड दिएको छ ।

    Advertisement

    सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो धारणा स्पष्ट पार्दै मसालले जनतालाई अनावश्यक बोझ बनेको र राष्ट्रियता एकताको पनि विरुद्ध रहेको संघीयतालाई खारेज गरी स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन माग गरेको छ ।

    महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार प्रेसित गर्नुभएको वक्तव्यमा अतिक्रमित भूमि समेटेर तत्काल नेपालको नक्सा सार्वजनिक गर्न र विदेशमा रहेका नेपालीहरुको उद्धार गर्न पनि माग गरिएको छ ।

    यस्तो छ, वक्तव्य
    राष्ट्रपतिले आज संसदमा दिएको नीति र कार्यक्रमसम्बन्धी वक्तव्यबारे नेकपा (मसाल)को आजै बसेको केन्द्रीय कार्यालयको बैठकले छलफल गरी त्यसमा तल लेखिएका विषयहरू समावेश गर्नका लागि माग गर्दछः
    १) संघीयता नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता समेतका विरुद्धमा छ । त्यसमा भइरहेको ठूलो खर्च अनावश्यक र अनुत्पादक हुनुका साथै देशको लागि ठूलो बोझ पनि हो । त्यसकारण त्यसलाई खारेज गरेर त्यो रकम कोरोना भाइरसको रोकथाम, विदेशबाट ठूलो सङ्ख्यामा फर्केर आउने नेपालीहरूको रोजगारी र देशको विकासको लागि समेत खर्च गर्नुपर्दछ भन्ने हाम्रो मत छ । त्यसको लागि संविधानमा आवश्यक संशोधन गर्नको लागि तुरुन्तै कारवाही सुरु गरिनुपर्दछ ।

    २) कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतबारे भारतले गरेको अतिक्रमणलाई कुटनीतिक वार्ता गरेर समाधान गर्ने कुरामा नीति तथा कार्यक्रमसम्बन्धी वक्तव्यले जोड दिएको छ । तर हाम्रो यो दृढ मत छ कि, अब त्यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्दछ र त्यो विषयलाई संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय अदालतमा लैजानुका साथै त्यसका पक्षमा व्यापक विश्व जनमत तयार पार्न प्रयत्न गरिनुपर्दछ ।

    ३) लिम्पियाधुरा, लिपुलेक र कालापानी समेतलाई समावेश गरी नेपालको नक्सा तुरुन्तै प्रकाशित गरिनुपर्छ ।

    ४) नीति तथा कार्यक्रममा अप्रत्यक्ष रूपले एमसीसीलाई पनि कार्यान्वयन गर्न ल्याइएको अवधारणाको हाम्रो पार्टीले तीव्र शब्दमा विरोध गर्दछ । त्यसलाई संसदले अझै पारित गरेको छैन र त्यसबारे देशमा गम्भीर प्रकारका मतभेदहरू छन् । त्यो अवस्थामा त्यसलाई औपचारिक रूपले संसदले पारित गर्नुभन्दा पहिले नै नीति तथा कार्यक्रममा राख्ने कार्यको हामीले कडा शब्दमा विरोध गर्दछौँ ।

    ५) हाम्रो जोड संघीयतालाई खारेज गर्नुपर्दछ भन्ने रहेको छ । तर त्यसका साथै स्थानीय तहलाई अरू अधिकार सम्पन्न बनाउनुपर्दछ भन्ने पनि हाम्रो मत छ । त्यसको लागि स्थानीय तहलाई संविधानको मौलिक अधिकारको सूचीमा सामेल गर्न संविधानमा संशोधन गर्नका लागि तुरुन्तै पहलकदमी गरिनुपर्दछ ।

    ६) अहिलेको विकास नीतिको ठाउँमा विकेन्द्रित र सन्तुलित विकास नीति अपनाइनुपर्दछ भन्ने कुरामा पनि हाम्रो जोड छ । त्यसो भएमा नै देशको सर्वाङ्गिण विकास हुन सक्नेछ ।

    ७) संविधानमा स्वीकृत समाजवाद उन्मुख राज्यको निर्माणको अवधारणालाई कार्यान्वयन गर्न ठोस कार्यक्रम ल्याइनुपर्दछ । त्यसका लागि क्रान्तिकारी भूमि सुधार, हदभन्दा बढी जमिन अधिग्रहण गरी भूमिहीन किसानहरूलाई वितरण, राष्ट्रिय उद्योगहरूको संरक्षण, विदेशी वा बहुराष्ट्रिय कम्पनीहरूको पुँजीमाथि नियन्त्रण तथा मजदुर, किसान, महिला, जनजाति, दलित, फरक क्षमता भएका व्यक्ति, दुर्गम क्षेत्र आदिका हक र हितको संरक्षणका निम्ति विशेष कार्यक्रमका लागि ठोस नीति अपनाइनुपर्दछ ।

    ८) विदेशस्थित नेपालीहरूलाई उद्दार गरी विदेशमा बस्न सम्भव नभएका नेपालीहरूलाई नेपालमा ल्याई उनीहरूको रोजगारीका लागि विशेष योजना बनाइनुपर्दछ ।

    ९) नेपाल–भारत सिमामा रोकिएका नेपालीहरूलाई खुला र बैधानिक प्रकारले ल्याउने व्यवस्थापन गर्दा उनीहरू अबैधानिक तरिकाले लुकिछिपी आउँदा कोरोना भाइरसको सङ्क्रमण झन् बढेर गएको छ । त्यसकारण उनीहरूलाई व्यवस्थित र नियन्त्रित रूपले नेपालमा ल्याई स्वास्थ्यको जाँच गर्ने तथा क्बारेन्टाइनमा राख्ने समेत व्यवस्था गर्नुपर्दछ ।

    १०) कोरोना भाइरसद्वारा पीडितहरूका लागि राहतको विशेष व्यवस्था गरिनुपर्दछ ।

    शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.