• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

कोचिनमा मूल प्रवाहको शोकसभा

बेङ्गलोरमा श्रद्धाञ्जली सभा

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

भवन भत्किँदा छ जनाको मृत्यु

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा

लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती निर्णय फिर्ता लिन प्रगतिशीलको माग

लोकप्रिय समाचार

  • १. रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी

  • २. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • ३. बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न राजमो गुल्मीको माग

  • ४. बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

  • ५. कपिलवस्तुको शिवराजमा महिला सङ्घको तेस्रो भेला

  • ६. छोरी बचाऔँ

  • ७. कपिलवस्तु शिवराज–१ मा राजमोको भेला

  • ८. धौलागिरी योगविज्ञानले बुझायो सङ्कलित राहत

  • ९. मूल प्रवाह राजपुराले रसुवाका बाढीपीडितको राहत सङ्कलन तीव्र पार्दै

  • १०. रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति पाण्डेचरीमा श्रद्धाञ्जली

‘दार्शनिक पद्धति अनुसार पुस्तक लेखन हुनुपर्दछ’ : गोपिरमण


  •   शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । ‘द्वन्द्वात्मक भौतिकवादी दार्शनिक पद्धतिलाई अवलम्बन नगरीकन प्रगतिशील लेखन अगाडि बढ्न नसक्ने’ गोपिरमण उपाध्यायले बताए ।

    Advertisement

    प्रगतिशील लेखक सङ्घको आयोजनामा समाजवादी ध्येयका निम्ति प्रगतिशील पुस्तक विषयक ७५औँ परिसंवाद कार्यक्रमको सन्दर्भमा उनले सो धारणा राखेका हुन् ।

    मङ्सिर ६ गते सङ्घको बागबजारस्थित कार्यालयमा भएको कार्यक्रममा दार्शनिक उपाध्यायले ‘प्रगतिशील लेखनको लागि दर्शनशास्त्र महत्त्वपूर्ण विषय भएको तथा समाज विकासको क्रममा दर्शनशास्त्रको विकास हुने बताए– ‘दर्शनको पद्धति हुन्छ, त्यसको अभावमा राम्रो लेखन सम्भव छैन ।’

    कार्यक्रममा आफ्नो धारणा राख्नै दर्शनशास्त्री उपाध्यायले ‘कुनै पनि विचार बन्नको लागि आधार चाहिन्छ’ उनले भने, ‘सङ्घर्ष, आन्दोलन, उत्पादनको लागि सङ्घर्ष सबै भौतिक परिस्थिति हुन र त्यहीबाट चेतनाको निर्माण हुन्छ ।’

    दर्शनशास्त्र दिक र काल अनुसार अगाडि बढ्ने बताउँदै दार्शनिक उपाध्यायले भने, ‘दर्शन बन्नको लागि तत्वमिमांसा, ज्ञानमिमांसा र आचारमिमांसा हुनै पर्दछ ।’

    मार्क्सवादी दर्शन अनुसार लेखन प्रक्रिया अगाडि बढ्दा श्रमको महत्वप्रति प्रस्ट हुनुपर्ने बताउँदै लेखक उपाध्यायले भने, ‘मानिस कसरी बाच्छ ? तथा मानिस, मानिसद्वारा कसरी ठगिन्छ ? यी दुई प्रश्नहरूका आधारमा मार्क्सवादी लेखन प्रक्रिया अगाडि बढ्छ ।’

    परिसंवाद कार्यक्रममा पूरक टिप्पणी गर्दै दार्शनिक श्याम श्रेष्ठले, ‘किताबहरू आफैमा संस्कृति भएको’ बताए – ‘मानिस र उसको दृष्टिकोण परिवर्तन गर्नमा पुस्तकको महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसका साथै लेखन प्रक्रियाको अवधिमा मानिस आफै परिवर्तन हुँदै गइरहेको हुन्छ ।’
    समाजवादी ध्येय भनेको समाजलाई केन्द्र बनाएर क्रियाशील हुनु हो भन्दै लेखक श्रेष्ठले भने, ‘पुस्तकलाई समाजवादी ध्येयमा लग्नको लागि पुस्तकका राम्रा पक्ष अवलम्बन गर्ने र नराम्रा कुरा फ्याँक्नुपर्दछ’ । उनले अगाडि भने, ‘ द्वन्द्ववादी आँखाबाट ऋग्वेदलाई अध्ययन गर्ने हो भने त्यहाँ पनि धेरै सकारात्मक कुराहरू रहेका छन् ।’

    प्रलेसका अध्यक्ष डा.मधुसूदन गिरीको अध्यक्षतामा भएको परिसंवाद कार्यक्रमको सञ्चालन सङ्घकी उपाध्यक्ष नमुना शर्माले गरेकी थिइन ।

    कार्यक्रमको विषयवस्तुको बारेका परिसंवाद कार्यक्रमका संयोजक समीर सिंहले प्रस्ट पारेका थिए ।

    कार्यक्रममा पूरक टिप्पणी गर्नेहरूमा मातृका पोखरेल, समीर सिंह, बालमुकुन्द कार्की, वैरागी जेठा, नानीमैया अधिकारी, शेखर अर्याल, पार्वती राउतलगायत थिए ।

    शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार
    सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु
    कोचिनमा मूल प्रवाहको शोकसभा
    बेङ्गलोरमा श्रद्धाञ्जली सभा
    मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते
    भवन भत्किँदा छ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी

    • २.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न राजमो गुल्मीको माग

    • ४.
      बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

    • ५.
      कपिलवस्तुको शिवराजमा महिला सङ्घको तेस्रो भेला

    • ६.
      छोरी बचाऔँ

    भर्खरै

    • १.
      भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार

    • २.
      सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ३.
      कोचिनमा मूल प्रवाहको शोकसभा

    • ४.
      बेङ्गलोरमा श्रद्धाञ्जली सभा

    • ५.
      मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

    • ६.
      भवन भत्किँदा छ जनाको मृत्यु

    • ७.
      सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • ८.
      मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.