काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आव २०८०/८१ को लेखापरीक्षण रिपोर्ट सार्वजनिक गरेको छ ।
Advertisement
केन्द्रीय कार्यालय कपनद्वारा २०८१ मङ्सिर २ गते आइतबार सो रिपोर्ट सार्वजनिक गरिएको हो ।
निर्वाचन आयोगमा ४१ क्रमाङ्कमा दर्ता भएको राजमोको लेखापरीक्षण रजिस्टर्ड अडिटर मुक्त एन्ड एसोसियट्सले गरेको हो ।
राजनीतिक दलसम्बन्धी कानुनअन्तर्गत र निर्वाचन आयोगको निर्देशनअन्तर्गत रही समयमै लेखापरीक्षण गरी सोको रिपोर्ट सार्वजनिक गरिएको राजमो केन्द्रीय कार्यालय जानकारी दिएको छ ।
