• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रोबोटसँग रमाए बालबालिका


  •   शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित
  • हेलो रोबोट!
    तिम्रो नाम के हो? 
    न्युटन स्कुलका रिपेक्स कार्कीले रोबोटको छेउमा पुगरे जिस्कँदै उसको नाम सोधे। मानव आकृतिको रोबोटले आफ्नै परिचय दिँदै गयो। कार्कीले सुनेर रमाइलो मान्दै अरु थप जिज्ञासा राख्न थाले। यतिबेला बत्तिसपुतलीस्थित अनुपम फुड ल्याण्डमा भइरहेको ‘स्टार्टप एण्ड आइडिया फेस्ट–२०२४’ मा रोबोटसँग भलाकुसारी गर्न पाउँदा युवाहरूको आकर्षण बढेको छ।
    खासगरी विद्यार्थीहरूले रोबोटको रमाइलो खेलसँगै ज्ञान आर्जन गर्ने अवसर पाएका छन्। लिभिङ विथ आइसिटीले आयोजना गरेको फेस्टमा रोवटिक्स एकेडेमी अफ नेपालद्वारा निर्मित पाँच वटा रोबोट प्रदर्शनमा राखिएका छन्। भोटिङ सिस्टम रोबोट तीनवटा राखिएका छन् भने ‘इन्फ्रमेसन डिस्प्ले’ रोबोट, ‘टकिङ एसिस्टेन्स’ रोबोट छन्।
    सबैभन्दा आकर्षणको केन्द्र टकिङ एसिस्टेन्स रोबोट रहेको छ। जुन भाषामा जे प्रश्न सोध्यो उही उत्तर दिनसक्ने सफ्टवेयर जडान भएकाले यसलाई टकिङ एसिस्टेन्स रोबोट नामकरण गरिएको रोवटिक्स एकाडेमी अफ नेपालका रोवटिक्स इन्जिनियर अविरल भण्डारीले बताए।
    करिब चार महिना लगाएर टकिङ एसिस्टेन्स रोबोट निर्माण गरिएको भण्डारीले जानकारी दिए। ‘पछिल्ल्लो समय मान्छे एक्लो भइरहेको छ। आइपरेका समस्यालाई सुल्झाउन साथी खोज्नुपर्ने झण्झट छँदैछ। व्यस्त समयमा मानिसले एकअर्कालाई समय दिन नपाउँदा मानिस एक्लो बन्दै गएको छ’, उनले भने।
    समयको सदुपयोगलाई ध्यानमा राखेर सहज रूपमा सहकार्य गर्ने र कुराकानी गर्ने रोबोट निर्माण गरिएको इन्जिनियर भण्डारीले सुनाए। मानवीय एक्लोपन हटाउन यो रोबोटले धेरै हदसम्म सहयोग गर्ने उनको भनाइ छ।
    ‘टकिङ रोबोटमा जे प्रश्न जुन भाषामा सोध्यो त्यही उत्तर दिने सहजता छ। साथै यसमा कार्ड स्क्यानरदेखि किनमेलका सामग्रीको जानकारीसमेत पाउन सकिने प्रणाली जडान गरिएको छ’, उनले भने, ‘एउटै रोबोटले कुराकानी गर्ने, सूचना दिनेदेखि किनमेलमा सघाउँछ। यसले समयको पनि बचत गर्ने विश्वास लिएका छौँ।’
    रोबोट एकेडेमी अफ नेपालका एआई इन्जिनियर तेजस कट्वालले घरायसी प्रयोजन (हाउस होल्ड) का लागि बनाइएका रोबोट बढी लोकप्रिय हुँदै गएका बताए। ‘खाना पकाउनेदेखि खुवाउनेसम्मका प्रक्रियामा रोबोट सहयोगी छन्। कोभिड महामारी जस्तो स्वास्थ्य सङ्कटका बेलामा रोबोटलाई ज्वरो मापन गर्ने यन्त्रका रूपमा प्रयोगमा ल्याउँदा सहज भएको थियो’, उनले भने। एकाडेमी स्वास्थ्यमा सेवा पुर्‍याउने किसिमका नर्स रोबोट बनाउने योजनामा रहेको उनले जानकारी दिए।
    कक्षा ८ का विद्यार्थी निसान थापामगर रोबोट मेसिनले मानवीय जीवनमा पुर्याउने सहजता देखेर उत्साहित देखिनथे। भविष्यमा इन्जिनियर बन्ने सपना बोकेका उनले रोबोट निर्माण गर्न आइटी ज्ञान प्रशस्त हुनुपर्ने जानकारी लिएका थिए।
    कार्यक्रममा रोबोट मात्रै नभई मानवीय जीवन व्यवस्थित बनाउने खालका थुप्रै सिर्जनात्मक सीपमूलक उत्पादन प्रदर्शन गरिएका छन्। धुम्रबराह माध्यमिक विद्यालयकी कक्षा ९ की विद्यार्थी निरुता मगरले वातावरण प्रदूषण न्यूनीकरण गर्न बायोग्यास उत्पादन गर्ने तरिका नमुनाका रूपमा प्रस्तुत गगरेकी छन्। ‘बायोग्यासले पारिस्थितिक प्रणाली (इकोसिस्टम) मा निकै फाइदा पुग्छ’, उनले भनिन्, ‘यसको महत्व हामीले पहिला बुझ्न सकेनौँ। त्यही बुझाउन नमुना (डेमो) देखाएका छौँ।’
    मगरको प्रस्तुतिमा बायोग्यास प्रयोग गर्न सके वायु प्रदूषण रोकिने, वनजङ्गलको संरक्षण हुने र राज्यको अर्थतन्त्रमासमेत सुधार आउने आधार झल्किन्छन्। बायोग्यासका थुप्रै फाइदा हुँदाहुँदै पनि प्रयोग नभएकामा चिन्ता व्यक्त गर्दै उनले भने, ‘राम्रो कामको सुरुआत हामी युवाले नै गर्नुपर्छ भन्ने लागेर नमुना प्रस्तुत गरेकी हुँ।’
    आइटीसम्बन्धी सिर्जनात्मक ज्ञान आर्जन गराउने उद्देश्यले फेस्ट कार्यक्रम आयोजना गरिएको लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले बताए। कार्यक्रमले यसवा तथा विद्यार्थीलाई सकारात्मक सन्देश दिने अपेक्षा लिइएको उनले उल्लेख गरे। रासस

    Advertisement

    शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.