• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

पर्यटक भित्र्याउन बागलुङ जैमिनीधामको प्रवर्द्धन गरिँदै


  •   आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
  • गलकोट (बागलुङ) । जैमिनी नगरपालिकाले प्रमुख धार्मिक गन्तव्यको रूपमा रहेको जैमिनीधामको प्रवर्द्धन गरी पर्यटक भित्र्याउन योजना बनाएको छ ।

    Advertisement

    जैमिनी नगरपालिका–१ जैमिनीधाम पवित्र कालीगण्डकीको तटीय क्षेत्रमा अवस्थित छ । जैमिनी ऋषिले तपस्या गरेको गुफा र जैमिनीधामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न थालिएको हो ।

    ऐतिहासिक धार्मिकस्थलमा पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमार्फत पर्यटक भित्र्याउन थालिएको नगरपालिका कार्यालयले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जैमिनीधामको महत्व बढाएको छ ।

    राजमार्गमा गुड्ने सवारीसाधनमा हिँडेका पर्यटक जैमिनीधाम दर्शनका लािग पुग्न थालेपछि पूर्वाधार निर्माण जोड दिइएको नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको स्थानलाई प्रचारप्रसार गरी पूर्वाधार निर्माणमा जोड दिइएको उहाँको भनाइ छ ।

    “धार्मिक महत्वको क्षेत्रलाई प्रचारप्रसार गर्नुका साथै पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा जोड दिएका छौँ । जैमिनी ऋषिको तपोभूमिलाई ध्यान केन्द्रका रूपमा विकास गर्न जग्गा व्यवस्थापन गरेका छौँ”, उपप्रमुख शर्माले भन्नुभयो । दीर्घकालीन योजना अनुसार जैमिनीधामको पुनःनिर्माण, सभाहल, आश्रयस्थल, पदमार्गलगायत संरचना निर्मायाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको उहाँले जानकारी दिनुभयो ।

    शर्माका अनुसार चालु आर्थिक वर्षमा रु २५ लाखको पूर्वाधार निर्माण गर्ने योजनासहित काम अघि बढेको छ । ‘नगरपालिकाले पालिकाको केन्द्र कुश्मिसेरा हुँदै भैरवस्थान जोड्ने पदमार्ग निर्माण गरिरहेको छ । पहिलो काम जैमिनी ऋषिको पूर्णकदको शालिक निर्माण गर्ने नगरको उद्देश्य छ । यसले पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयस्तर वृद्धि हुँदै जाने अपेक्षा लिएका छौँ’, उहाँले भन्नुभयो ।

    कालीगण्डकीको तटीय क्षेत्रमा रहेकाले नदीको कटान जोगाउन नगरपालिकाले विगतका वर्षमा ठूलो लगानी गरिसकेको भन्दै नगर उपप्रमुख शर्माले अहिले करिब तीन रोपनी जग्गा व्यवस्थापन भइसकेकाले अब नगरपालिकाले गण्डकी ध्यान केन्द्र निर्माण अघि बढाउने उल्लेख गर्नुभयो । उहाँले गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको रु १० लाख र पर्यटन मन्त्रालयको रु १५ लाख लगानीमा ध्यान केन्द्रका लागि पूर्वाधार निर्माण थालिएको जानकारी दिनुभयो ।

    जैमिनी ऋषिको पूर्णकदको शालिक स्थापना गर्ने योजना दुई वर्ष भित्रै सम्पन्न गर्ने नगरपालिकाको योजना छ । धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सङ्घीयतासँगै नगरपालिकाको नाम जैमिनी ऋषिको नामबाट राखिएको उपप्रमुख शर्माको भनाइ छ । उहाँका अनुसार यहाँ शङ्खशिला, देव शिला र नाग शिला, जैमिनी ऋषिले तपश्या गरेको गुफा संरक्षणलगायत पूर्वाधार निर्माण गरिने छ ।

    पूर्वाधार निर्माणका लागि करिब रु १४ करोड खर्च लाग्ने अनुमान छ । जैमिनीधाममा व्यवसाय गर्दै आउनुभएका स्थानीय हरि नायकले कालीगण्डकी करिडोरका कारण जैमिनीधाम आउने पर्यटकहरू बढेका बताउनुभयो । उहाँले करिडोर पुरै कालोपत्र भएमा बुटवल हुँदै मुक्तिनाथ जाने पर्यटकलाई जैमिनीधाममा रोक्न सकिने धारणा राख्नुभयो ।

    ‘पर्यटक भित्राउन र रोकिराख्न व्यवस्थित सडक, बस्ने स्थान, रमणीय वातावरण आवश्यक पर्दछ । कालीगण्डकी करिडोरमा अहिले कालोपत्रको काम भइरहेको छ । लुम्बिनीका पर्यटकलाई मुक्तिनाथ भित्राउने मुख्य मार्गका रूपमा परिकल्पना गरिएको करिडोर सम्पन्न भएसँगै यसको सकारात्मक प्रभाव जैमिनीधामलाई पुग्नेछ’, नायकले भन्नुभयो ।

    वेदव्यास पुत्र जैमिनी ऋषिले योगसाधना र तपस्या गरेको यस स्थलको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्न नगरपालिले योजना बनाएर कार्यान्वय थालेको हो । यसअघि जैमिनीधाममा यहाँको प्रसिद्ध माघे सङ्क्रान्ति मेला लाग्ने गरेकामा पछिल्लो केही वर्षदेखि उक्त मेला कुश्मिसेरामा लाग्ने गरेको छ ।

    आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.