• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सहकारी ठगलाई सरकारको संरक्षण : केसी


  •   शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले सहकारी ठगलाई संरक्षण गरेको बताउनुभएको छ । मन्त्रलयबाट कानुनी प्रक्रिया मिलाएर सहकारी ठगिएको अध्यक्ष केसीको दाबी छ ।

    Advertisement

    २०८१ कात्तिक २४ गते शनिबार बुटवलमा सम्पन्न राष्ट्रिय सहकारी अभियानको दोस्रो राष्ट्रिय भेलामा बोल्दै सरकार र सत्तामा बस्नेको आडमा नै सहकारीको पैसा अपचलन भएको बताउनुभयो ।

    उहाँले लुटेरा, बदमास र तस्करले राज्यसत्ताको आडमा मनोमानी गर्दा पनि कारबाही हुन नसक्नु नेपाल र नेपालीको लागि दुर्भाग्य हो भन्नुभयो ।

    राम्रोसँग खोजी गरे एमाले, काङ्ग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीमा अझै सहकारी अपचलन गर्नेहरू भेटिने बताउँंदै सहकारी अपचलन गर्ने जोसुकैलाई पनि हदैसम्मको कारवाही गरी पीडित पक्षलाई न्याय दिनुपर्ने बताउनुभयो ।

    एमाले, माओवादी, काङ्ग्रेसको राजनीति भनेको कमाउने राजनीति भएकाले उनीहरू ठुला र धेरै हुँदाहुंँदै पनि जनताबाट नाङ्गिँदै गएको बताउनुभयो ।

    नयाँ बनेर आएका विदेशी एजेन्टले ठग्नमा पुराना एमाले र काङ्ग्रेसलाई जितेको बताउनुभयो ।

    उहाँले आफू उपप्रधान तथा सहकारी मन्त्री हुँदा काठमाडौँका ठुला ठुला सहकारी ठगले सहकारीका साधारणसभा उद्घाटनका लागि निम्ता दिन आएको स्मरण गर्दै सहकारी ठग्ने मान्छेलाई राज्यसत्तामा बस्ने मान्छेले संरक्षण गर्ने गरेको थाहा पाएको बताउनुभयो ।

    सहकारी मन्त्रलायमा सहकारी दर्ता गर्दा नै पैसा खाने गरेको आफुले भेटाएको बताउंँदै गलत मान्छेलाई कारबाहीका लागि २०४८ सालको सहकारी ऐन परिवर्तन गरेर नयाँ ऐन ल्याउने बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बाधक बनेको अध्यक्ष चित्रबहदुर केसीले खुलासा गर्नुभयो ।

    एमाले, काङ्ग्रेस र माओवादीको गलत नीति र गलत व्यवहारका कारण राजनीतिप्रति जनताको वितृष्णा पैदा भएको बताउँदै ठुला भन्ने दलले राजनीतिलाई कमाइखाने भाँडो बनाएको आरोप लगाउनुभयो ।

    उहाँले सङ्घीयताका कारण यो व्यवस्था भत्किन सक्ने बताउँदै हिजो गणतन्त्र ल्याउन लडेकाबाटै लोकतन्त्र, गणतन्त्र धरापमा परेको छ भन्नुभयो ।

    सहकारीको माध्यमबाट समाजवादमा जान सकिने बताउँदै राष्ट्रिय पुँजीको विकासका लागि सहकारी सही ढङ्गले सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सहकारीको दुई खर्बको पुँजी ठगी भएको र एक लाख बढी बचतकर्ताहरू सडकमा आएको बताउँदै सहकारीको पैसा विदेश लगेर व्यक्तिविशेषले मोजमस्ती गरेको बताउनुभयो ।

    उहाँले सहकारीको पुँजी उत्पादन क्षेत्र र राष्ट्रिय पुँजीसँग जोड्नुपर्ने बताउँदै दलाल पुँजी हावी हुँदा समस्या आएको तर्क गर्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार नेता बद्रे आलम, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का केन्द्रीय सचिव अधिवक्ता चुरामणि भुसाल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डीराज शर्मा, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष श्यामलाल पोखरेल, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसाल, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल, नेकपा (मसाल) रुपन्देही प्रवक्ता लालचन्द पन्त, अखिल नेपाल किसान महासङ्घ (अप्फा) केन्द्रीय सदस्य रुकबहादुर पराजुलीका साथै हरि राहाडी, सहकारी अभियन्ता गङ्गालाल सापकोटा, दिलबहादुर नेपालीलगायतले पनि मन्तव्य राख्नुभएको थियो ।

    अभियानका अध्यक्ष भैरवराज रेग्मीको अध्यक्षता तथा महासचिव शुक्रराज भण्डारीको सञ्चालनमा सो कार्यक्रम भएको थियो ।

    शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.