टेकराज भुसाल, बुटवल ।
लुम्बिनी निर्माण व्यवसायी सङ्घ रुपन्देहीले व्यवसायीलाई सक्षम र सबल बनाउने उद्देश्यले निर्माण व्यवसायीलाई दुईदिने व्यवस्थापकीय तालिम दिएको छ ।
२०८१ कात्तिक ११ र १२ गते भैरहवामा नेपाल निर्माण व्यवसायी महासङ्घको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
निर्माण व्यवसाय विकास कार्यान्वयन समितिको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न पर्वको अवसरमा शुभकामना आदानप्रदान पनि गरिएको थियो ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष कार्यक्रमका प्रमुख अतिथि तथा तालिम संयोजक इन्जिनियर एडी लामा हुनुहुन्थ्यो ।
कार्यक्रममा महासङ्घ रुपन्देहीका अध्यक्ष मन्जु भुसाल, प्रमुख प्रशिक्षक इन्जिनियर केशवराज आचार्य र निर्देशक निर्मल अर्यालले पनि प्रशिक्षण दिनुभएको थियो ।
६० जनाभन्दा बढी व्यवसायीको उपस्थिति रहेको उक्त कार्यक्रममा महासङ्घका प्रदेश सल्लाहकार भीमबहादुर श्रेष्ठ, रुपन्देहीका सल्लाहकार जमिन कक्षपति, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मन्जुकुमार जैसी ढकाल, पूर्वाधार विकासका प्रमुख लालु गरीसहित विभिन्न कार्यालयका प्रमुख र महासङ्घका पदाधिकारी, स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।