• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

अल्पकालीन राजनीतिक हितभन्दा समाजवादतिरको यात्रा सुनिश्चित गर्न आग्रह


  •   आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
  • पोखरा । ज्येष्ठ वामपन्थीहरूले अल्पकालीन राजनीतिक हितलाई भन्दा समाजवादतिरको यात्रालाई सुनिश्चित गर्ने विचारधारात्मक एकताका आधारमा अघि बढ्न कम्युनिस्ट पार्टीसँग अपिल गरेका छन् ।

    Advertisement

    २०८१ कात्तिक ९ र १० गते पोखरामा सम्पन्न वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम गण्डकीले यस्तो अपिल गरेको हो ।

    उनीहरूले मुख्य मुद्दामा एकताबद्ध भई अघि बढ्न पनि कम्युनिस्ट पार्टीहरूलाई आग्रह गरेका छन् ।

    कार्यक्रमबाट ११ बुँदे प्रस्ताव पारित गर्दै ज्येष्ठ वामन्थी मिलन कार्यक्रममा गण्डकीका मनाङ, मुस्ताङ, बागलुङ, पर्वत, कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोर्खा, नवलपुर र आमन्त्रित पाँचथर र काठमाडौँका समेत गरी १२ जिल्लाका १८० जनाजति (केही दर्ता हुन नसकेकासमेत) ज्येष्ठ वामपन्थी सहभागी थिए । दुई दिनसम्म चलेको उक्त कार्यक्रममा प्रत्येक जिल्लाको इतिहास, कम्युनिस्ट आन्दोलनको विगत वर्तमान र भविष्यका विषयमा छलफल गरिएको थियो ।

    कार्यक्रममा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चासमेतका कम्युनिस्ट पार्टीका प्रतिनिधिले शुभकामना दिएका थिए ।

    कार्यक्रममा उपस्थित सहभागीको उमेर ७० देखि ९३ वर्षसम्म रहेको थियो ।

    “स्वदेश र प्रवासमा रहेर भूमिगत तथा खुला रूपमा सङ्गठित हुँदै जेल, नेल तथा कठोर यातना सहेर जीवनको आहुति दिँदै गणतन्त्र स्थापना गर्नका लागि अहिले उमेर र सक्रियताका दृष्टिले जीवनको उत्तरार्धमा पुग्दै गरेको पुस्ताको योगदानलाई पछिल्लो पुस्तासम्म हस्ताान्तरण गर्ने काम भने राम्रोसँग भइराखेको छैन” संयोजक कृष्णप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ– “त्यो खाँचो पूरा गर्ने उद्देश्यले खासगरी निरङ्कुश पञ्चायती शासनको कालखण्डमा आन्दोलनमा समावेश भएर आफ्नो युवा उमेर व्यतित गर्नुभएका ज्येष्ठ नागरिकको अनुभव तथा योगदानको स्मरण गर्दै एकआपसमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले यही २०८१ कात्तिक ९ र १० गते पोखरामा ज्येष्ठ वामपन्थी मिलन कार्यक्रम आयोजना गरियो ।”

    पारित प्रस्तावहरू
    १) गण्डकी प्रदेशका जेष्ठ वामपन्थीको यस ऐतिहासिक भेला देशको आमूल परिवर्तन र समाजवाद स्थापनाको ध्येयबाट अभिप्रेरित भएर विगतका विभिन्न शान्तिपूर्ण तथा सशस्त्र आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका सम्पूर्ण ज्ञातअज्ञात सहिद, घाइते र बेपत्ता योद्धाको बलिदानी भावनाको उच्च कदर गर्दछ र तिनीहरूप्रति उच्च सम्मान व्यक्त गर्दछ ।

    २) यो भेला सहभागी हुन इच्छुक तर स्वास्थ्य र विभिन्न कठिनाइका कारण भेलामा सहभागी हुन नसक्नुभएका अनेकौँ कष्ट, हन्डर, जेलनेलको सामना गर्दै जीवनको आफ्नो अमूल्य समय कम्युनिस्ट आन्दोलनको बीजारोपण र यसको संवद्र्धनमा लगाउनुभएका ज्येष्ठ कम्युनिस्ट मित्रहरूको सुस्वास्थ्य र आरोग्यताको कामना गर्दछ ।

    ३) गण्डकी प्रदेशका ज्येष्ठ वामपन्थीको यो भेला वाम एकतातर्फको सकारात्मक कदम हो । यहाँ हामी स्वतन्त्र एवम् सबै दलका पक्षधर वामपन्थी क्रान्तिकारीहरू बडो सौहार्दका साथ छलफल र अन्तक्र्रियामा सहभागि भयौँ । यस्तो सद्भावपूर्ण कार्यबाट शिक्षा लिँदै हामी देशका सम्पूर्ण वाम दलहरूलाई आपसी कटुता र वैमनस्यता त्यागी कम्युनिस्ट एकताको पक्षमा दह्रो गरी उभिन र त्यसका लागि आआफ्नो स्थानबाट प्रयत्न गर्न हार्दिक अनुरोध गर्दछौँ । अल्पकालीन राजनीतिक हितलाई भन्दा समजावादतिरको यात्रालाई सुनिश्चित गर्ने विचारधारात्मक एकताका आधारमा अघि बढ्न र मुख्य मुद्धामा एकताबद्ध भई अघि बढ्न पनि हामी कम्युनिस्ट पार्टीहरूलाई अपिल गर्दछौँ ।

    ४) यो भेला देशका गण्डकीमा सक्रिय रहेका सम्पूर्ण वाम दलसमक्ष कम्युनिस्ट क्रान्तिकारी र योद्धाको व्यक्तिगत अभिलेख तयार गरी प्रदेशस्तरीय कम्युनिस्ट आन्दोलनको इतिहास तयार गर्ने दिशामा कदम चाल्न अपिल गर्दछ ।

    ५) वर्तमान अवस्थामा जनताको हित गर्ने उद्देश्यसाथ मुलुकको विभिन्न स्थानमा खोलिएका केही सहकारी संस्थामा हुन गएको भ्रष्टाचार र रकम अपचलनले गर्दा सहकारी आन्दोलन नै प्रश्नको कठघरामा उभिन पुगेको छ । जनताले दुःखसाथ बचत गरेको रकम हिनामिना भएको छ । सम्बन्धित दोषीमाथि अविलम्ब कारवाही गर्न र सहकारीपीडित जनताको रकम फिर्ता गर्ने कार्यमा पहल गर्न यो भेला सरकारको ध्यान आकृष्ट गर्दछ ।

    ६) देशमा वर्तमान समयमा लागु भइरहेको निजीकरण र उदारीकरणको नीतिले शिक्षा, स्वास्थ्य, कृषि र उद्योग जस्ता क्षेत्रलाई सङ्कटमा पार्नुका साथै रोजगारी र जनजीविकामा नकारात्मक प्रभाव पर्नुका साथै देशको अर्थतन्त्र धरासायी बनाउँदै लगेको छ भन्ने हाम्रो ठहर छ ।

    रोजगारीको अभावमा लाखौँ युवा विदेशिने र ग्रामीण क्षेत्रहरू उजाड बन्ने क्रम बढ्दो छ । यो भेला सम्पूर्ण लोकतन्त्र र समाजवादका पक्षधर दलसमक्ष दलाल पुँजीवादको संरक्षण गर्ने निजीकरणको आर्थिक नीति अन्त्य गर्दै स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र निर्माणको दिशा अवलम्बन गर्न आह्वान गर्दछ ।

    ७) यो भेला नेपालको कालापानीलगायतको सिमा क्षेत्रमा जारी भारतीय हस्तक्षेप र अतिक्रमणको जोडदार विरोध गर्दछ तथा कूटनीतिक वार्ता र सम्भव प्रयत्नको माध्यमबाट सीमा विवाद र अतिक्रमणको अन्त्यका लागि प्रयास थाल्न सरकारसमक्ष जोडदार माग गर्दछ ।

    ८) नेपालको जटिल भूराजनीतिक अवस्थिति र शक्तिराष्ट्रको बढ्दो चलखेलका कारण हाम्रो सर्वभौम अधिकारमा चुनौती थपिएका छन् । हामी नेपालको राजनीतिक निर्णय प्रक्रियामा पछिल्लो समय बढ्दै गएको अमेरिका लगायतका शक्तिकेन्द्रको हस्तक्षेपको विरोध गर्छौं र सरकारलाई नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध प्रयोग हुन नदिने नीतिलाई निरन्तरता दिन माग गर्दछौँ ।

    ९) यो भेला देशको अखण्डता र सार्वभौमिकतामा आँच आउने खालका विदेशी राष्ट्रसँगका विगतमा भएका असमान सन्धिसम्झौतालाई खारेज गर्न जोडदार माग गर्दछौँ ।

    १०) यो भेला रुस र युक्रेनबिचको युद्धको शान्तिपूर्ण समाधान चाहन्छ ।

    ११) यो भेला प्यालेस्टाइनी जनतामाथि भएको बर्बर इजरायली हमलाको सशक्त विरोध गर्दछ र संयुक्त राष्ट्र सङ्घसमक्ष इजरायली ज्यादती रोकी प्यालेस्टाइनी जनताको हकअधिकारको संरक्षण गर्न र मध्यपूर्व समस्याको स्थायी समाधान गर्नका लागि उचित कदम चाल्न अनुरोध गर्दछ ।

    आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.