• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रवि लामिछाने पक्राउबारे मसाल : सहकारीमा डुबेको सर्वसाधारणको रकम ठगी गर्नेको सम्पत्तिबाट फिर्ता गर्नुपर्छ


  •   शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) ले सर्वसाधारण जनताको सहकारीमा डुबेको रकम ठगी गर्नेहरूको सम्पत्ति जफत गरेर फिर्ता गर्नुपर्ने बताएको छ ।

    Advertisement

    सहकारी गठी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गिरफ्तारीबारे चर्चा भइरहेका बेला मसालले पुनः यस्तो धारणा दोहोर्याएको हो ।

    शनिबार (२०८१ कात्तिक ३ गते) एक प्रेस वक्तव्य प्रकाशित गरी मसाल महामन्त्री मोहनविक्रम सिंहले ‘सहकारी रकमको हिनामिना र ठगी गर्ने व्यक्तिहरूमाथि छानबिन गरेर उनीहरूको अपराधअनुसार उनीहरूमाथि कारबाही गर्नु पर्ने बताउनुभएको छ ।

    ‘उनीहरूले आफ्नो सम्पत्तिमा हेराफेरी गरेर अन्य व्यक्तिको नाममा लुकाएको सम्पत्ति समेत जफत गरेर सहकारी पीडितहरूको सम्पत्ति फिर्ता गर्नु पर्दछ’ वक्तव्यमा भनिएको छ, ‘लाखौँ जनतासँग सम्बन्धित यो मुद्दा अत्यन्तै गम्भीर विषय हो र त्यसको समाधानको लागि सरकारले कडा कारबाही गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।’

    यस्तो छ, वक्तव्य
    सहकारी रकमको अपचलनको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई गिरफ्तार गरेपछि त्यसबारे देशमा बढी चर्चा र परिचर्चा भइरहेको छ । त्यसबारे ने.क.पा.(मसाल)को दृष्टिकोणबारे प्रकाश हाल्नका लागि यो वक्तव्य जारी गरिएको छ ।

    १. यो आम रूपमा थाहा भएको कुरा हो कि सरकारी रकमको हिनामिना वा ठगी अहिले देशको गम्भीर राष्ट्रिय समस्या बन्न गएको छ । त्यसरी लाखौँ जनता ठगिएका छन् र उनीहरूको अरवौँ रुपैयाँ हिनामिना भएको छ । त्यसरी पीडित जनताले आफ्नो ठगिएको रकम फिर्ता गर्न तथा त्यस प्रकारको ठगीका जिम्मेवारका विरुद्ध कारबाही गर्न लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन् । उनीहरूको सङ्घर्ष न्यायपूर्ण छ र हामीले उनीहरूको आन्दोलनसित ऐक्यवद्धता प्रकट गर्दछाैं ।

    २. हामीले बाराम्बार यो माग गर्दै आएका छौँ कि सहकारी रकमको हिनामिना र ठगी गर्ने व्यक्तिहरूमाथि छानवीन गरेर उनीहरूको अपराधअनुसार उनीहरूमाथि कारबाही गर्नु पर्दछ । उनीहरूले आफ्नो सम्पत्तिमा हेराफेरी गरेर अन्य व्यक्तिको नाममा लुकाएको सम्पत्ति समेत जफत गरेर सहकारी पीडितहरूको सम्पत्ति फिर्ता गर्नु पर्दछ । लाखौँ जनतासँग सम्बन्धित यो मुद्दा अत्यन्तै गम्भीर विषय हो र त्यसको समाधानको लागि सरकारले कडा कारबाही गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

    ३. रास्वपाका अध्यक्ष रवि लामिछाने पनि सहकारी सम्बन्धी रकमको हिनामिनामा सम्बन्धित भएको कुरा बारम्बार उठ्ने गरेको छ । कतिपय प्रहरी कार्यालयका रिपोर्टहरूमा त्यो कुराको उल्लेख भएको वा कतिपय अदालतहरूमा त्यसबारे उजुरी परेको कुरा पनि सञ्चार माध्यमहरूमा आउने गरेको छ । त्यो अवस्थामा उनीमाथि पनि आवश्यकताअनुसार छानवीन गर्नुपर्ने कुरालाई गलत मान्न सकिदैन् । त्यही पनि यो कुरामा हाम्रो जोड छ कि उनीमाथि कुनै पूर्वाग्रहको आधारमा होइन, सत्य र तथ्यको आधारमा निष्पक्ष छानवीन गरेर न्यायोचित कारबाही गरिनु पर्दछ ।

    ४. देशका भष्टाचार सम्बन्धी कतिपय मुद्दाहरूमा छानवीन वा कारबाही नगरिएकाले रवि लामिछानेबारे गरिएको कारबाही पूर्वाग्रह हो भन्ने पनि गरिएको छ । त्यस प्रकारका भष्टाचार सम्बन्धी सवै मुद्दाहरूमा छानवीन वा कारबाही गर्नु आवश्यक छ । शक्तिको आड वा अन्य कुनै कारणले त्यस प्रकारका मुद्दाहरूलाई दबाएर राख्नुलाई हामीले सही मान्दैनौँ । तर अन्य कतिपय मुद्दाहरूमा कारबाही नभएको भनेर त्यस प्रकारको कुनै मुद्दामा कारबाहीको विरोध गर्ने तर्कलाई पनि हामीले सही मान्दैनाैं । त्यसैले अन्य कतिपय मुद्दाहरूमा कारबाही नभएको आडमा अहिले रवि लामिछानेबारे हुन थालेको कारबाही पनि अन्यायपूर्ण छ भन्ने दाबीलाई हामीले तर्कसङ्गत वा न्यायपूर्ण मान्दैनौँ ।

    ५. रवि लामिछानेको गिरफ्तारी सन्दर्भमा सरकार मरिसक्यो र हामीलाई जुठो पर्यो भन्ने जुन शब्दावलीको प्रयोग गरिएका छन्, यी राजनीतिक शब्द होइनन् र राजनीतिमा यस प्रकार अराजनीतिक शब्दावलीहरूको प्रयोगलाई हामीले गलत मान्दछौँ ।
    ६. अन्त्यमा अहिलेको मुख्य समस्या लाखौं जनताको सहकारी रकमको हिनामिना र ठगीको नै हो । उक्त समस्यालाई समाधान गर्न गम्भीर कारबाही गर्न हामीले सरकारसँग माग गर्दछौँ ।

    २०८१ कार्तिक ०३ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

    प्यालेस्टाइन–इजरायल मामिलामा तटस्थ बस्नु गलत : मसाल

    शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.