• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

प्रदर्शनअघि नै पिटिआईका ३५ कार्यकर्ता पक्राउ


  •   सोमबार, असोज २८, २०८१ मा प्रकाशित
  • लाहोर । मङ्गलबारमा हुने पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) को प्रदर्शनअघि नै लोहोर प्रहरीले सहरका विभिन्न भागबाट ३५ भन्दा बढी पिटिआईका कार्यकर्तालाई पक्राउ गरेको एआरवाई न्युजले बताएको छ ।

    Advertisement

    पञ्जाब प्रहरीले डिफेन्स, कोट लखपत र जोहर टाउनलगायत धेरै क्षेत्रमा छापा मारी पिटिआई प्रदर्शन अयोजना गर्न संलग्न भएको विश्वास गरिएका व्यक्तिहरूलाई लक्षित गरेको छ । पाकिस्तानले अक्टोबर १५ र १६ मा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलन आयोजना गर्ने भएकाले प्रहरी कारबाही कानून व्यवस्था कायम राख्ने र कुनै पनि अवरोध रोक्ने हिस्सा हो ।

    इमरान खानले स्थापना गर्नुभएको पिटिआईको नेतृत्वले अक्टोबर १५ मा राजनीतिक गुनासोहरूका बारेमा आवाज उठाउने प्रदर्शन गर्ने घोषणा गरेको छ । यसबाट खानको पार्टी र कानून कार्यान्वयन निकायहरूबीच तनाव उत्पन्न भएको छ । उक्त दिन इस्लामाबादमा हुने एससिओ शिखर सम्मेलनको पहिलो दिन हो ।

    घटनाक्रमलाई ध्यानमा राख्दै प्रहरी अधिकारीहरूले सार्वजनिक सुरक्षा सुनिश्चित गर्दै मानिसहरूको प्रदर्शन गर्ने अधिकारको सम्मान गर्ने प्रतिबद्धता जनाएको एआरवाई न्युजले बताएको छ ।

    पिटिआईले गत साता आफ्नो राजनीतिक समितिको बैठकपछि प्रदर्शनको घोषणा गरेपछि प्रहरीको कारबाही आएको हो । सामाजिक सञ्जाल एक्समा पिटिआई केन्द्रीय सूचना सचिव शेख वकास अकरमले अक्टोबर १५ मा इस्लामाबादको डि–चौकीमा ‘शक्तिशाली’ प्रदर्शन हुने बताउनुभएको थियो ।

    उहाँले पञ्जाबमा पिटिआईका प्रदर्शनहरू रद्द गरिएको र पञ्जाबमा थुनामा राखिएका पिटिआई कार्यकर्ता, नेता र प्रान्तीय विधानसभा सदस्य ९एमपिए० लाई रिहा गर्न आह्वान गर्नुभएको छ ।

    पिटिआईले सङ्घीय र पञ्जाब सरकारद्वारा गरिएका ‘गैरकानूनी’ छापा र गिरफ्तारीहरू अन्त्य गर्न आह्वान गरेको छ । शेख वकास अकरमले सरकारका कार्यले पिटिआई अध्यक्षको जीवन खतरामा परेको र यसले उहाँलाई आधारभूत मानवअधिकारबाट ‘वञ्चित’ गरेको बताउनुभयो ।

    उहाँले सरकारलाई दमन र हिंसा गरेको आरोप लगाउँदै पिटिआई पछि नहट्ने बताउनुभयो । “इमरान खानलाई आधारभूत अधिकार, परिवार र पार्टी नेताहरूसँग पहुँच प्रदान नगरिए अक्टोबर १५ मा सम्पूर्ण पाकिस्तान सडकमा उत्रिनेछ”, उहाँले भन्नुभयो ।

    यसैबीच पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले पिटिआईलाई ‘व्यापक राष्ट्रिय हितमा’ अक्टोबर १५ को प्रदर्शन आह्वान फिर्ता लिन आग्रह गर्नुभयो ।

    सोमबार, असोज २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.