• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

हर्केको युद्धको घोषणा हो यो


  •   बिहिबार, असोज २४, २०८१ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    हर्केको युद्धको घोषणा हो यो
    शोषितपीडित जनताको
    इन्क्लाबको हुँकार हो यो
    युगयुगदेखि चल्दै आएको
    वर्गसङ्घर्षको सिलसिला हो यो
    हर्के त्यसमा सामेल भएको छ
    त्यसकारण ऊ अमर भएको छ
    जबसम्म ऊ
    युगको त्यो धारामा बगिरहने छ
    ऊ अजेय बनिरहनेछ
    हर्केले जितोस् वा हर्केले हारोस्
    अन्तमा जीत हर्कको हुने छ
    हर्के बाँचोस् वा हर्के मरोस्
    तर हर्केका युद्ध चलिरहनेछ
    हजार वर्षसम्म चलिरहेछ

    सहाराको मरुभूमिमा
    मलायाको टापुमा
    बर्माको जङ्गलमा चल्ने छ
    पनामाको खाडीमा
    बङ्गालको भूमिमा
    पेरिस सहरमा चल्ने छ
    कोशी, मेची र नारायणीको धारमा
    सेती, भेरी र महाकालीका लहरमा
    सगरमाथा र धौलागिरीका शिखरमा
    मिथिलाको फाँटमा
    बागमतीको तिरमा
    लुम्बिनीका गाउँहरूमा
    गण्डकी, राप्ती र कणालीका जलप्रभातमा
    हर्केको लडाइँ चलिरहने छ

    यो लडाइँ
    त्यो बेलासम्म चलिरहनेछ
    जबसम्म धरतीमा बनेको
    स्वर्ग र नर्कको भेद रहिरहनेछ
    जब धरती खाली धरती मात्र बन्ने छ
    न त्यसभन्दा कम
    न त्यसभन्दा बढी
    त्यो दिन
    हर्केको लडाइँ सिद्धिने छ

    ए जाली फटाहाहरू हो !
    ए साहसामन्त र दलाल पुँजीपतिहरू हो !
    ए नोकरशाही अफिसर र भाडाका टट्टुहरू हो !
    ए सामन्तवाद र साम्राज्यवादका दलालहरू हो !
    ए दुनियाँभरिका प्रतिक्रियावादीहरू हो !
    अब हर्के जागिसक्यो
    त्यसैले उधुम मचाउने छ
    तिम्रो धर्म
    तिम्रो संस्कृति
    तिम्रो थिति
    तिम्रो व्यवस्था
    तिम्रो अन्याय
    तिम्रो अत्याचार
    तिम्रो कानुन, तिम्रो सरकार
    जालझेल र भ्रष्टाचार
    सब ध्वस्त गरी
    एउटा नयाँ समाजको जग हाल्ने छ

    हर्के डराउन्न अब कसैसित
    आगोसित
    पानीसित
    अनि समुद्रमा उठ्ने लहरसित
    कालाकाला बादलसित
    बिजुलीको गर्जनासित
    अनि लाठी, बन्दुक र गोलीसित
    तिम्रो जेल
    तिम्रो नेल
    अब त्यसले मलाई रोक्न सक्दैन
    अघि बढ्यो मेरो कदम
    अब त्यो पछाडि हट्न सक्दैन
    डरले गर्दा नै मेरो सर्वस्व भयो
    गाई गयो, भैँसी लुटियो
    घरजग्गामा साहुको अधिकार भयो

    डरले नकाँपेको भए
    अघि बढेर लडेको भए
    त्यो साहुले
    मलाई के गर्न सक्थ्यो ?
    बहुसङ्ख्यक शोषित जनतामाथि
    मुट्ठीभर शोषक वर्गको
    के जोर चल्न सक्दथ्यो ?

    अब मैले बुझ्दै छु
    मेरो शक्ति कति महान् रहेछ ?
    हिमालयको डाँफेको गीतमा
    मधेसको गैँडाको खागमा
    पहाडको गुराँसको फूलमा
    मेरै शक्ति चम्किरहेछ
    एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा
    युद्धको नारा बज्रिरहेछ
    युरोप र अमेरिकामा
    चिमनीको धुवाँमा
    क्रान्तिको मुस्लो निक्लिरहेको छ
    अनि म डराउनुपर्ने के आवश्यकता छ ?

    आज म दास बनिरहेको छु
    किनभने
    मेरै भित्र
    सामन्तवादको बास छ
    आज मैले हारिरहेको छु
    किनभने
    मेरै भित्र
    दुस्मनको मोर्चा छ
    जब म अगाडि बढ्न थाल्छु
    त्यसले मलाई पछाडिबाट ठक्कर दिन्छ
    लाखौँकरोडौँ मजदुर, किसान
    यही कारणले पराधीन हुनुपरेको छ
    आफ्नैभित्रको
    मानसिक जन्जिर
    आफ्नै पराधीनताको कारण बनेको छ
    जब त्यो जन्जिर टुट्ने छ
    संसारमा प्रलय हुने छ
    आगाको वर्षा हुने छ
    रगतको खोलो बग्ने छ
    अनि चिर शान्ति कायम हुने छ
    अनि एउटा नयाँ जीवनको प्रारम्भ हुने छ
    शान्त, स्वतन्त्र र सुन्दर जीवनको प्रारम्भ
    त्यसकारण
    आज मैले पहिलो लडाइँ
    आफ्नै विरुद्ध क्रान्तिकारी
    नयाँ हर्केलाई जन्माउनुपरेको छ
    अनि नयाँ युगको ढोका खुल्ने छ

    दुःखबाट भागेर
    त्यसबाट को उम्केको छ र ?
    अन्यायबाट डराएर
    त्यसबाट को बचेको छ र ?
    आज बल्ल बुझेँ मैले
    दुःखदेखि भाग्ने होइन
    त्यससित भिड्नु पर्दोरहेछ
    अन्यायदेखि डराउने होइन
    त्यससित जुध्नु पर्दो रहेछ
    अनि मात्र बाँच्न पाइँदो रहेछ
    एक माना खान पाइँदो रहेछ
    नत्र भने
    आफ्नो छायाँले पनि
    आफूलाई लखेट्न थाल्दो रहेछ
    आज बल्ल बुझिरहेको छु मैले
    स्वतन्त्रताका लागि
    रगतको दान दिनु पर्दो रहेछ
    शान्ति चाहिए
    क्रान्ति गर्नु पर्दो रहेछ
    बाँच्न खोजे
    मर्न जान्नु पर्दो रहेछ
    नत्र भने
    स्वतन्त्रता बन्धन बन्दो रहेछ
    शान्ति अभिशाप
    जीवन ज्युँदो लाश
    त्यही आज भइरहेको छ ।

    हर्केले आह्वान गर्छ–
    अब हामी उठ्नुपर्छ
    मजदूर उठ्नुपर्छ
    किसान उठ्नुपर्छ
    विद्यार्थी उठ्नुपर्छ
    महिला उठ्नुपर्छ
    संसारभरिमा उडिरहेको छ
    रातो झन्डा
    हँसियाहथौँडा
    अब त्यसलाई बोक्नुपर्छ
    भिख मागी अधिकार पाइन्न
    बन्दुक बोकी लड्नुपर्छ
    श्वेत आतङ्कले
    लालआतङ्कलाई जन्म दिन्छ
    बन्दुकका नालबाट
    सत्ताको जन्म हुन्छ
    इन्क्लाब जिन्दावाद !
    क्रान्ति अमर रहोस् !
    मजदुर किसान एकता जिन्दावाद !
    संसारका सारा मजदुर एक हौँ !

    दमदमे, ओखरकोट, प्युठान
    २०२९ चैत

    बिहिबार, असोज २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.