• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘यूके बेक अफः द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै


  •   सोमबार, असोज २१, २०८१ मा प्रकाशित
  • काठमाडौँ । धादिङको मैदीमा जन्मेहुर्केका नारायण श्रेष्ठले पाककलाका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नयाँ पहिचान स्थापित गर्नुभएको छ ।

    Advertisement

    काठमाडौँमा कक्षा १२ सम्मको अध्ययन सकेपछि कामको सिलसिलमा संयुक्त अरब इमिरेट्स (युएई), कतार हुँदै बेलायत पुग्नुभएका नारायणले केही समयअघि सम्पन्न ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ जितेपछि उहाँको चर्चा थप चुलिएको छ ।

    इन्टरकन्टिनेन्टल लन्डन ओटुका तर्फबाट नारायण र भारतका तनुज शर्माको जोडीले लण्डनमा भएको प्रतियोगिताको उपाधि जितेको हो ।

    प्रतियोगितामा नारायण र तनुजसँगै रोयल एयरफोर्स क्लबका गेरोल र माइकल तथा सोको प्याटिसेरीका भरत र जोन अन्तिम तीन टोलीमा छानिन सफल भएका थिए ।

    फाइनलमा १२ टोलीबीच भएको प्रतिस्पर्धामा नारायण र तनुजले ‘गडुदा’ शीर्षकको प्रतियोगितामा आफ्नो सिर्जनशीलता प्रस्तुत गर्दै उपाधि जित्नुभएको हो । चाँगुनारायणको प्राचीन अभिलेखसँग सम्बन्धित गडुदा नेवारी संस्कृतिको महत्वपूर्ण परिकारमध्येको एक हो ।
    छनोट प्रतियोगिताको निर्णायकमा चेरिस फिन्डेन र बेनोइट ब्लिन हुनुहुन्थ्यो ।

    ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ विश्वकै प्रतिष्ठित र निकै प्रतिस्पर्धात्मक बेकिङ प्रतियोगिता मानिन्छ । प्रतियोगितामा सेफ नारायणले चिनी, चकलेट, चाउ पेस्ट्री र पाटे सुक्रे जस्ता प्रविधिगत क्षेत्रमा आफ्नो दक्षता देखाउनु भएको थियो ।

    “यो पुरस्कार मेरा लागि निकै ठूलो सफलता हो । त्यसमाथि नेपाल र नेपालीका लागि पनि यो गौरवको कुरा हो”, सेफ नारायणले भन्नुभयो ।

    काठमाडौँमा विद्यालय तहको पढाई सकेपछि पाककलातर्फ लाग्नुभएका उहाँले सन् २०१४ मा युएईको दुबईस्थित डबलट्रीमा काम गर्ने अवसर पाउनुभयो । त्यतिबेला सहायक सेफ रहनुभएका नारायणले क्रमशः पेस्ट्री र बेकरीसम्बन्धी सीप सिक्नुभयो । दुबई पुगेको एक वर्षपछि नारायणले कतारको दोहास्थित ‘फोर सिजन’ होटलमा काम पाउनुभयो । त्यहाँ उहाँले खासगरी चकलेट, केक र ब्रेडसम्बन्धी नयाँ–नयाँ प्रयोग गर्दै सीप विस्तार गर्नुभयो ।

    सन् २०१८ मा सेफ युएईको आबुधाबीस्थित ‘फोर सिजन’ होटलमा समेत काम सुरु गर्नुभएका नारायण सन् २०२३ मा कामकै सिलसिलामा बेलायत पुग्नुभयो । त्यसयता उहाँ त्यहाँको ओटुस्थित ‘इन्टरकन्टिनेन्टल लण्डन’ होटलमा आफ्नो पाककलाको सीप र अनुभव पस्किरहनुभएको छ । ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ का विजेता सेफ तनुज पनि ‘इन्टरकन्टिनेन्टल लण्डन’ होटलमै कार्यरत हुनुहुन्छ ।

    “धादिङको सानो गाउँदेखि विश्वस्तरीय होटलमा सेफका रूपमा कार्य गर्न पाउनु नै एक किसिमको सफलता हो”, नारायणले भन्नुभयो, “यूके बेकः अफ प्रोफेसनल्स–२०२४ उपाधि जितेपछि आफूमाथि केही नयाँ गर्ने चुनौती थपिएको महसुस भएको छ ।”

    खासगरी चकलेटप्रतिको मोहका कारण पनि आफूले यो सफलता प्राप्त गरेको नारायण बताउनुहुन्छ । “मेरो पहिलो रोजाइ नै चकलेट हो”, उहाँ भन्नुहुन्छ, “मलाई गुलियो र क्रिमसँग खेल्न बढी मनपर्छ ।”

    आगामी दिनमा नेपाली सामग्रीहरूलाई विश्वस्तरमा प्रवर्द्धन गर्नका लागि आफूले सक्दो मेहनत गर्ने नारायण बताउनुहुन्छ । “मैले बनाउने सामग्रीमा गुड र नेपाली अन्नलाई प्रयोग गर्ने सोच छ”, उहाँले भन्नुभयो, “त्यसले नेपालको पाककलालाई विश्वभर पहिचान दिलाउनेमा विश्वस्त छु ।”

    नारायणसँगै उपाधि जित्ने सेफ तनुजको पारिवारिक पृष्ठभूमि चिकित्सा भए पनि उहाँले पाककलाको करिअरलाई पछ्याउनु भएको हो ।

    उहाँले परम्परागत भारतीय मिठाइलाई फ्रान्सेली प्रविधिहरू प्रयोग गरेर आफ्नो डिजर्टहरूमा समावेश गर्नुभएको छ ।

    सोमबार, असोज २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.