काठमाडौँ । दैलेखी सेवा समाज काठमाडौँले दशैँतिहार, छठ तथा नेपाल सम्वत् ११४५ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
२०८१ असोज १९ गते शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन स्विटकर्न र जुम्लाको स्याउ एकार्कामा बाँडेर गरिएको थियो । दैलेखी कलाकार सपना शाही, खुशी पुन र रिहाना अधिकारीले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममाराजनीतिकर्मी तथा समाजसेवी जगतप्रसाद रेग्मी, रामप्रकाश रिजाल, प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्राडा मधुसुदन गिरी, पूर्व सांसद पार्वती बिसुन्के, पूर्व राज्यमन्त्री कुन्ती शाही र प्रमुख अतिथि अम्बरबहादुर थापाले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य कला प्रज्ञा–प्रतिष्ठानका सदस्य बखत हमाल, समाजसेवी भरतबहादुर शाही, समाजका सल्लाहकार प्रेमबहादुर थापा, समाजसेवी खड्ग सिँजापती, डा. रबिन खड्का, रामप्रकाश रिजाल, उदयबहादुर शाही, ध्रुव अधिकारीलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको अध्यक्षता प्रताप शाहीले, स्वागत उपाध्यक्ष चक्रबहादुर चन्दले र सञ्चालन महासचिव भक्तबहादुर विकले गर्नुभएको थियो ।
कार्यक्रममा दैलेख जिल्लाका क्यान्सरपीडित सहयोग गरिएको थियो ।