• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अवरुद्ध हेटौंडा–काठमाडौं सडकमा धमाधम पहिरो पन्छाइँदै


  •   बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
  • बागमती । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका सडक यथाशीघ्र सञ्चालनमा ल्याउने गरी तीव्र रुपमा पहिरो पन्छाउने काम भइरहेको छ ।

    Advertisement

    चाडपर्वमा आवागमन सहज बनाउने उद्देश्यले अवरुद्ध भएका सबै सडक सञ्चालनमा ल्याउन सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको टोलीले तीव्रताका साथ पहिरो पन्छाउने काम गरिरहेको जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले राससलाई जानकारी दिनुभयो ।

    उहाँका अनुसार हेटौँडा–काठमाडौँ जोड्ने सडकमध्ये हेटौँडा–भैँसे–रातोमाटे खण्डअन्तर्गत गोल्पिङबेँसीमा ठूलाठूला ढङ्गासहित खसेको पहिरो पन्छाउन चारवटा उपकरणसहित काम भइरहेको छ । यही असोज ११ र १२ गतेको वर्षाले खसेको पहिरो पन्छाएर सो सडक मङ्गलबार सञ्चालन आएकामा केही समयपछि पुनः पहिरो खसेपछि अवरुद्ध भएको प्रजिअ चिलुवालले बताउनुभयो ।

    सडक विभाग र सुरक्षाकर्मीको टोलीले मकवानपुरको सोही खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित देउरालीबाट इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलासम्मको पहिरो पन्छाइसकिएको जनाउँदै प्रजिअ चिलुवालले इन्द्रसरोवर–२ स्थित बाढीले बगाएको कुलेखानी पुल तीव्रताका साथ निर्माण जानकारी दिनुभयो ।

    दक्षिणकाली–फर्पिङ खण्डअन्तर्गत महालक्ष्मी खोलाबाट पाकेलसम्म र पाकेलबाट फर्पिङसम्मको पहिरो पन्छाउन दुईवटा जेसिबीसहित प्रहरीको टोली परिचालन गरिएको भन्दै प्रजिअ चिलुवालले महालक्ष्मीखोलाको पुल छेउमा बाढीले बगाएको सडक पुनःनिर्माण भइरहेको उल्लेख गर्नुभयो । बाढीले महालक्ष्मी खोलाको पुलको छेउमा करिब एक सय ५० मिटर सडक बगाएको थियो ।

    बाढीपहिरोका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोले सडक, पुललगायत भौतिक संरचनामा क्षति भएको प्रजिअ चिलुवालले बताउनुभयो । त्यहाँका पीडितलाई राहतसामग्री पु¥याउन, सिस्नेरीमा अलपत्र सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन काठमाडौँ–दक्षिणकाली–सिस्नेरी खण्डको पहिरो पन्छ्याउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

    प्रजिअ चिलुवालका अनुसार काठमाडौँबाट सिस्नेरीसम्म सडक एकतर्फी रुपमा सञ्चालनमा आइसकेको छभने हेटौँडाबाट सिस्नेरीसम्मको सडक खुलाउने प्रयास भइरहेको छ । आपत्कालीन सेवाका लागि हेटौँडा–भीमफेदी–कुलेखानी–कलङ्की–मार्खु र तथा हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडाँै सडक सञ्चालनमा आइसकेको उहाँले जानकारी दिनुभयो ।

    काम तीव्र रुपमा भइरहेकाले केही दिनभित्रै हेटौँडा–भीमफेदी–कुलेखानी–फाकेल–काठमाडौँ खण्ड सञ्चालनमा ल्याइने भन्दै कुलेखानीको पुल निर्माण नभएसम्म वैकल्पिक मार्ग बनाउने कार्य भइरहेको प्रजिअ चिलुवालले जानकारी दिनुभयो ।

    अवरुद्ध सडक खुलाउन बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री अमनकुमार मास्के प्राविधिक जनशक्तिसहित आवश्यक उपकरण लिएर आफैँ खटिनुभएको छ । “अहिलेसम्म काठमाडौँतर्फको सडकका पहिरा पन्छाएर फर्पिङ आइपुगेका छौँ, अब हेटौँडासम्म बाटो खुलाउने गरी काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

    फर्पिङ–हुमाने खण्डमा ग्राभेल थुप्रिएकाले त्यसलाई हटाएर सडक सञ्चालन गरी नागरिकको यात्रा सहज गर्न प्रदेश सरकारले निरन्तर प्रयास गरिरहेको मन्त्री मास्केले उहाँले बताउनुभयो ।

    प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले विपद्बाट अवरुद्ध भएका सडक सञ्चालन गराउन मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलको संयोजकत्वमा ‘क्यूआरटी’ समूह गठन गरी काम गरिरहेको जनाइएको छ ।

    क्यूआरटी टोलीले हेटौँडा हुँदै भैँसेअन्तर्गत दुई स्थानमा खसेको पहिरो पन्छ्याएर भीमफेदीसम्म पुगेको पोखरेलले बताउनुभयो । “अवरुद्ध सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान–चतरा जोड्ने दुई वटा सडक पूर्णरुपमा सञ्चालनमा आइसकेका छन्भने अन्य सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

    कान्ति लोकपथ सडकखण्डको बकैया गाउँपालिका–१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आपचौरमा पहिराले र भीमफेदी गाउँपालिका–८ स्थित वाग्मती खोलाले पुल कटान गरी सडक अवरुद्ध भएकामा उक्त खण्ड सञ्चालनमा आउन नसकेको उहाँले जानकारी दिनुभयो ।

    दक्षिणकाली–छैमले–सिस्नेरी खण्डअन्तर्गत इन्द्रसरोवर–३ रामचन्द्र भञ्याङमा पहिरो खस्दा कुलेखानी–फाखेल–फर्पिङ बाटो पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताउनुभयो ।

    दक्षिणकाली–छैमले–सिस्नेरी खण्डअन्तर्गत इन्द्रसरोवर–२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    कुलेखानी–मार्छुभित्री सडकको इन्द्रसरोवर–१ सिम्लाङमा पहिरो खस्दा थानकोट–कुलेखानी पूर्णरुपमा अवरुद्ध बनेको छ । भीमफेदी गाउँपालिका–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदीमा पहिरो खसी हेटौँडा–कुलेखानी जोड्ने बाटो पूर्णरुपमा अवरुद्ध बनेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिनुभयो ।

    बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.