• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

गुल्मीबाट अन्य जिल्लामा विस्तार हुँदै ‘पैँचो पसल’


  •   शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
  • रमेश लम्साल, काठमाडौँ ।

    Advertisement

    ग्रामीण क्षेत्रमा पैँचो प्रचलन अझै पनि जीवित नै छ । आफूलाई चाहिएको सामग्री एकापसमा सरसापट गरेर लिने र काम चलाउने प्रक्रियालाई पैँचो भनिन्छ । गुल्मी छत्रकोटका व्यवसायी ध्रुव न्यौपानेलगायतले पैँचो पसलको अवधारणा अगाडि सार्नुभएको हो ।

    सो अवधारणामा जोडिएका किसानलाई मल, बीउको प्रबन्ध गर्नेदेखि कृषि प्राविधिक उपलब्ध गराउने कामसमेत गरिएको छ । किसानले कुनै समस्या परे, पशुचौपायामा कुनै रोगव्याधी लागे प्राविधिक पुग्छन् र समाधानको उपाय सुझाउँछन् । यो अवधारणाबाट लाभान्वित हुनेमा गुल्मीकै सरोज राना पनि हुनुहुन्छ ।

    केन्द्रमा राना जस्तै ३० जना किसान परिवारले तरकारी उपलब्ध गराउँछन् । गुल्मी सत्यवतीका लोकबहादुर कुँवर पैँचोको अवधारणा राम्रो भए पनि स्थानीय सङ्कलन केन्द्रका मानिसको व्यवहार किसानमैत्री नभएको गुनासो गर्नुहुन्छ । समयमा पैसा नपाएको गुनासो गर्नुहुने कुँवरले पनि तरकारी पैँचोलाई नै बिक्री गर्नुहुन्छ ।

    छत्रकोट–४ रुक्सेका रामकृष्ण कँडेलको बारीमा तीते करेला, घिरौला, लौका, सिमी, कागती फलेका छन् । उहाँ सो गाउँको अगुवा किसानमात्रै नभई सङ्कलन केन्द्रको प्रमुखसमेत हुनुहुन्छ । औसतमा दैनिक सात क्विन्टल बराबरको तरकारी उहाँको सङ्कलन केन्द्रमा जम्मा हुने गरेको छ ।

    गुल्मीकै पल्लीकोटमा १८ जना महिलाले समूह बनाएर सामूहिक खेती गरेका छन् । त्यसबाट उचित लाभ हासिल गरेका छन् ।

    स्वदेशमा नै उत्पादित मकै, चुक, आँपको अचार, पिठो, हरियो सागसब्जी, अमला, निगुरो, केराको बुँगो जस्ता कृषि उपज स्वदेशी बजारमा अलावा विदेशी बजारमा समेत बिक्री गर्दै आएको छ । यसबाट विदेशी मुद्रा स्वदेशमा भिर्त्याउन पनि सहयोग पुगेको छ । त्यस्तै अकबरे खुर्सानी, मरौटी, अमलाले पाएको बजारले असाध्यै खुसी दिएको छ । मरौटी चिकेन त ब्रान्ड नै बनिसकेको छ । पाँचतारे होटलका रूपमा अग्रसर पौवामा मरौटी चिकेनको विशेष मेन्यु नै राखिएको छ ।

    स्थानीय उद्योगले अकबरे खुर्सानी लिने गरेको छ । अमेरिका, जापान, युरोपका विभिन्न देशका अलावा भारतका विभिन्न सहरमा समेत पैँचो उद्योगबाट उत्पादित सामग्री पुगेका छन् । यस्तै तामा, आँप, सुन्तला, हर्रोबर्रोको पनि उचित बजार विस्तार गरिएको छ ।

    एउटा फरक प्रयोगको रूपमा स्थापित पैँचो पसलले परम्परामा सीमित भइसकेको वस्तु विनिमय प्रथालाई आधार मान्दै पहाडी ग्रामीण क्षेत्रका जनताको उत्पादनलाई बजारसम्म पुर्याउने र उपयुक्त बजार प्रवर्द्धनका लक्ष्य लिएको थियो र त्यो अभियान निरन्तर जारी रहेको जनाएको छ ।

    बजारमा गुणस्तरहीन र अखाद्य वस्तुको बिगबिगी छ तर पैँचो पसलले पहाड/उच्चपहाडका किसानले उत्पादन गरेका अर्ग्यानिक कृषि उपजलाई प्राथमिकताका साथ बजार व्यवस्थापन गर्ने तथा गुणस्तर परीक्षण गरी उपभोक्तालाई गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराएको दाबी गरेको छ ।

    यस्तै उपयुक्त बजारको अभावमा खेर गइरहेका गाउँका उत्पादनलाई बजारको पहुँचसम्म पुर्याउने मुख्य उद्देश्य राखिएको छ । विभिन्न स्थानमा पैँचो प्रशोधन उद्योग स्थापना गरेर स्थानीय उत्पादनलाई प्रशोधन गरिरहेको छ । यसबाट थप रोजगारीको अवसरसमेत सृजना भएको छ ।

    स्थापनाकालदेखि नै हातेप्रविधि प्रयोग गरेर अचार, चुक, दाललगायत खाद्य वस्तुको परीक्षण उत्पादन गरी बिक्री गर्दै आएको पैँचो पसलले अत्याधुनिक प्रशोधन कारखानामार्फत खाद्य वस्तु उत्पादन गर्दै आएको छ । यिनै उत्पादित खाद्य वस्तु मुलुकका विभिन्न सहर र विदेशमा समेत निर्यात हुन थालेको छ ।

    सो उद्योगबाट अचार, होल क्यान कर्न, आँटो, कोदोको पिठो, गोलभेँडाको केचअप, जाम, विभिन्न प्रकारका जुस र सिन्की तथा मस्यौरा उत्पादन गरेको छ । यस्तै जुम्लाका सिमी, पहाडी जिल्लाका मकैको आँटो (च्याँख्ला) जस्ता पहाडी तथा उच्चपहाडी जिल्लाका खाद्यवस्तु प्याकेजिङ गरी बजारमा पठाएको छ ।

    त्यस्तै, होल क्यान कर्न नेपालकै पहिलो उत्पादन हो भने मस्यौरा, सिन्की पैँचोले पहिलोपटक व्यावसायिक उत्पादन गरेको जनाएको छ ।

    सहरिया उपभोक्तालाई पहाडी हावापानीमा उत्पादित स्वच्छ, स्वस्थ र अर्ग्यानिक तरकारी, फलफूल र खाद्य सामग्रीसमेत पैँचो बजारमार्फत उपलब्ध गराउँदै आइएको छ । गुल्मी, पाल्पा, जुम्ला, रुकुम, कालिकोट, रोल्पा र अर्घाखाँचीमा अहिले पनि ५० बढी सङ्कलन केन्द्र छन् ।

    आगामी दिनमा यो सेवा बागलुङ, पर्वत, स्याङ्जालगायतमा विस्तार गर्ने उद्देश्य छ । पैँचोले विभिन्न प्रयोजनका लागि जेटिए, माटोविज्ञ र पशुविज्ञ यतिबेला पहाडी क्षेत्रमा उत्पादन हुने तरकारी तथा फलफूल र पशुजन्य खाद्य उत्पादन बढाउने सम्बन्धमा किसानका घरघरमा खटाएको छ ।

    उत्पादन बढाउने नाममा हाइब्रिड र सुईको प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्ने पैँचोको अभियान हो । आफ्नो स्वास्थ्यभन्दा ठुलो कुरा अरू केही हुन सक्दैन भन्ने मूल मान्यता राखेको पैँचोले कृषि अभियानलाई एउटा नयाँ क्रान्तिको नामसमेत दिएको छ ।

    परम्परामा सीमित भइसकेको वस्तु विनिमय प्रथालाई आधार मान्दै पहाडी ग्रामीण क्षेत्रका जनताको उत्पादनलाई बजारसम्म पुर्याउने र उपयुक्त बजार प्रवर्द्धनको लक्ष्यका साथ सञ्चालित पैँचो पसलले गुल्मीदरबार गाउँपालिका–३ पुर्खेमा करिब एक सय ५० रोपनी र मुसिकोट नगरपालिका–५ आँपचौरमा करिब तीन सय रोपनी जग्गा भाडामा लिएर एकीकृत कृषि फार्म सञ्चालनमा ल्याएको छ ।

    प्रशोधन केन्द्रमा विभिन्न किसिमका जाम, केचअप, अचार, चुक तथा छोप, सोयासस, भिनेगर, आँटो, कोदोको पिठो, फापरको पिठो, सिन्की मस्यौरालगायत ६३ प्रकारका सामान उत्पादन गरी त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन पुगेको छ ।

    आगामी दिनमा एकीकृत रूपमा जग्गाको विकास गर्ने र किसानलाई एकीकृत रूपमा ठुलो क्षेत्रफलमा खेती गर्नका लागि अभिप्रेरित गर्ने लक्ष्य राखिएको छ । ठुलो क्षेत्रमा उत्पादन गर्दा उत्पादन लागत घट्ने र रोगब्याधीको आक्रमण पनि सजिलैसँग निवारण गर्न सकिन्छ । केन्द्रीकृत रूपमा काम गर्दा वन्यजन्तुको समेत समस्या समाधान हुने भएकाले किसानलाई थप फाइदा पुग्न जान्छ । (रासस)

    शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.