टोकियो । जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई हत्याको सजाय भोगेको आधा शताब्दीभन्दा बढी समयपछि जापानी अदालतले प्रमाण बनावटी भएको फैसला गर्दै बिहीबार सफाइ दिएको छ ।
Advertisement
समर्थकले मुद्दा दोहोर्याउन गरेको एक दशक लामो अभियानपछि उहाँलाई अदालतले सफाइ दिएको हो ।
प्रतिकूल स्वास्थ्य अवस्थाले ८८ वर्षीया पूर्व बक्सर इवाओ हाकामादा आफ्नो मुद्दाको फैसला सुन्न अदालतसमक्ष उपस्थित हुन असक्षम थिए ।
उनकी ९१ वर्षीया दिदीले हाकामादालाई निर्दोष घोषणा गर्ने सिजुओका जिल्ला अदालतका न्यायाधीशसमक्ष गहिरो सम्मान व्यक्त गरिन् ।
हाकामादाले सन् १९६८ मा आफ्नो मालिक, मालिकको पत्नी र उहाँका दुई बालबालिकाको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो । (रासस/एएफपी)