बुटवल । रुपन्देहीको सियारीमा अखिल नेपाल महिला सङ्घको गाउँ भेला सम्पन्न भएको छ ।
महिला सङ्घ रुपन्देहीकी अध्यक्ष इन्दिरा ज्ञावलीको प्रमुख आतिथ्यमा २०८१ असोज १० गते बिहीबारका दिन सो भेला सम्पन्न भएको हो ।
भेलामा नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थ, राष्ट्रिय जनमोर्चा रुपन्देहीका सल्लाहकार चेतनाथ आचार्य, राजमो सियारीका अध्यक्ष मनबहादुर नेपाली, सचिव खगेश्वर गिरीलगायतका नेताहरूको आतिथ्य रहेको थियो ।
भूमा गिरीको अध्यक्षता तथा खगेश्वर गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
भेलाले भूमा गिरी अध्यक्ष रहनुभएको १३ सदस्यीय महिला सङ्घको सियारी गाउँपालिका समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा मती भर्ताल, सचिवमा लक्ष्मी गिरी, सहसचिवमा गङ्गा विक र कोषाध्यक्षमा विन्दु गिरी रहनुभएको छ ।
त्यस्तै सदस्यहरूमा शारदा भुसाल, सीमा गिरी, कला सुनार, इन्दिरा नेपाली, लीला नेपाली, गीता गिरी, सीता विक र सुशीला गिरी रहनुभएको छ ।
भेलाले रमी गिरी, कौशिला सुनार र मनिषा गिरीलाई सल्लाहकारमा चयन गरेको छ ।