• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बागलुङ लामिचौरबाट पहिलो दलित शिक्षक बने विशाल


  •   मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
  • गलकोट (बागलुङ) । बागलुङ सदरमुकाम नजिकैको सिगानामा छ ठूलो दलित गाउँ । मिलेको सुन्दर गाउँभित्रका अनेक पीडा भने बाहिर आउन सकेका छैनन् । शिक्षा क्षेत्रमा पछि नै रहेको उक्त गाउँमा खानेपानीको समेत पहुँच छैन । दुई सय परिवारले दुई धाराको खानेपानी प्रयोग गर्दै आएका छन् ।

    Advertisement

    बागलुङ नगरपालिका–८ सिगानास्थित लामिचौरको दलित बस्तीमा २०० घरपरिवार बस्दै आएका छन् । शैक्षिक क्षेत्रमा पछि परेको गाउँबाट २२ वर्षका विशाल परियार पहिलो शिक्षक बन्नुभएको छ । यहाँको शैक्षिक गुणस्तर बढाउँदै पढाइप्रति जागरुक बनाउनका लागि आफूले शिक्षक पेसा रोजेको परियारको भनाइ छ ।

    परियारले २०७८ मा खुलेको शिक्षक सेवामा प्रावि र निमाविमा एकैपटक लिखित परीक्षा पास गर्नुभएको थियो । अन्तर्वार्तामार्फत प्राविमा नाम निकाल्न सफल परियार अहिले गाउँमै रहेको सिगाना मावि लामिचौरमा अध्यापन गराइराख्नुभएको छ ।

    उहाँले आफ्नो सपना नै शिक्षक बन्ने रहेको सुनाउनुभयो । “घर नजिकै माध्यमिक विद्यालय छ, त्यहाँ अधिकांश दलित समुदायकै विद्यार्थी छन्, तर बीचमै पढाइ छाड्ने र रोजगारीका लागि विदेश जाने परम्परा व्याप्त छ, लोकसेवा आयोग, शिक्षक सेवा आयोगमा परीक्षा दिने चलनै छैन”, परियारले भन्नुभयो, “यहाँको पढाइ छाड्ने परम्परा तोड्न र आफूले गाउँमै बसेर सेवा गर्न इच्छा आयो, त्यसैले शिक्षक सेवाको परीक्षा दिए, पहिलो वर्षमै नाम निस्क्यो, अहिले आफ्नै गाउँका विद्यार्थी पढाउन पाउँदा खुसी छु ।”

    पहिलोपटक दिइएको शिक्षक सेवा आयोगको परीक्षामा लिखिततर्फ प्रावि र निमावि दुवैमा नाम निकाल्न सफल भएको बताउँदै परियारले अन्तर्वार्तामा गएर प्राविमा सफल भएको जानकारी दिनुभयो । मैले यही सिगाना मावि लामिचौरमै पढेर शिक्षक भएर आए भने अन्य भाइबहिनीहरुले समेत सक्नुहुन्छ भन्ने हेतुले हौसला दिइराखेको परियारको भनाइ छ ।

    उहाँले अधिकांश दलित विद्यार्थीलाई पढाउन शिक्षक बाहिरबाट आउने गरेको जनाउँदै यहाँबाट शिक्षक उत्पादन नहुँनु दुःखद रहेको बताउनुभयो । अङ्ग्रेजी विषयमा स्नातक अध्ययन गरिसक्नुभएका परियारले आफू गाउँकै पहिलो शिक्षक भएको बताउनुभयो । गाउँबाट पहिलो शिक्षक भएपछि समाजले हेर्ने दृष्टिकोणसमेत परिवर्तन भइसकेको बताउँदै परियारले गाउँलाई शैक्षिक क्षेत्रमा उकास्न आफूले शिक्षक पेसा रोजेको सुनाउनुभयो ।

    “आयोग पास गर्ने, नेपालकै जागिर खाने चलन दलित बस्तीमा थिएन, भर्ती हुन नसके विदेश जाने चलनलाई चिर्न आवश्यक छ, कम्तीमा उच्च शिक्षा हासिल गर्दा गाउँकै विकासमा सहयोग पुग्छ भन्ने लाग्छ”, उहाँले भन्नुभयो, “दुई सय घरपरिवार भएको दलित गाउँबाट पहिलो शिक्षकका रुपमा आफ्नै गाउँमा सेवा गर्ने मौका पाएको छु, आगमी दिनमा भाइबहिनीहरुलाई समेत ऊर्जा र प्रेरणा मिल्नेछ ।”

    सिगानाभरमा धेरै शिक्षक उत्पादन भए पनि दलित बस्तीबाट विशाल पहिलोपटक शिक्षकका रुपमा विद्यालयमा अध्यापनरत रहेको सिगाना माविका शिक्षक अभिभावक सङ्घका अध्यक्ष गोविन्दप्रसाद गौतमले जानकारी दिनुभयो । गौतमले पढाइमा अब्बल परियारले अन्य क्षेत्रसमेत रोज्नसक्ने भन्दै शिक्षक बनेर गाउँकै विद्यालयमा पढाउने उद्देश्य राख्नुले समग्र गाउँकै प्रेरणा बनेको बताउनुभयो ।

    मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.