• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

म्यान्मामा रोहिङ्ग्या शरणार्थीलाई जबरजस्ती सेनामा भर्ती गर्नेक्रम बढ्दो


  •   सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
  • बङ्गलादेश । सैयद गत महिना दोस्रो पटक म्यान्माबाट भाग्ने सयौँ रोहिङ्ग्या शरणार्थीमध्ये एक हुनुहुन्छ ।

    Advertisement

    सैयद (प्रतिशोधबाट बचाउनका लागि नाम परिवर्तन) उत्पीडनमा परेका राज्यविहीन मुस्लिम अल्पसङ्ख्यक हजारौं युवाहरूमध्ये एक हुनुहुन्छ । उनीहरूले सैयद र अन्य युवा रोहिङ्ग्याको हितका लागि नभई युद्ध लड्नका लागि बङ्गलादेशबाट बोलाई म्यान्माको सेना (लडाकू दस्ता) मा भर्ती गरेका थिए । तर त्यहाँ टिक्न नसकेपछि उनीहरू पुनः शरणार्थीकारूपमा बङ्गलादेश फर्किएका छन् ।

    म्यान्मारको सेनामा उनीहरूको भर्तीले नागरिकविरुद्ध बदलाको आक्रमणलाई उत्प्रेरित गरेको छ र हजारौँलाई बङ्गलादेशमा धकेलेको छ, जहाँ पहिले नै लगभग १० लाख रोहिङ्ग्या शरणार्थीहरू छन्।

    ’उनी भागेर विगत सात वर्षदेखि घर बोलाइएका बङ्गलादेशी राहत शिविरमा फर्केलगत्तै सैयदले एएफपीसँग भन्नुभयो, “त्यहाँ ९म्यान्मा०का जनताले निकै सास्ती भोगिरहेका छन् । मैले आफ्नै आँखाले त्यो देखेको छु ।

    “कोही खानेकुराको अभावमा छन् त कतिको भोकमरीका कारण मृत्यु भइसकेको छ”, २३ वर्षीया उहाँले भन्नुभयो, “बाँकी सबै जना आफ्नो ज्यान बचाउने प्रयासमा व्यस्त छन्।”

    सैयदले आफूलाई गत जुनमा शिविरमा कार्यरत रोहिङ्ग्या सशस्त्र समूहले भर्ती गरेको र म्यान्मारको जुन्टाविरुद्ध युद्ध गरिरहेको विद्रोही समूह अराकान सेनाविरुद्ध लड्न पठाइएको बताउनुभयो ।

    उहाँ र अन्य रोहिङ्ग्या भर्ती भएकाहरूलाई भरियाको रूपमा काम गर्न लगाइयो, खाडल खन्ने र म्यान्मारका सैनिकहरूका लागि पानी आसार्ने काममा लगाइएको थियो ।

    सैयदले भन्नुभयो, “सेना प्रहरी चौकीमा बस्छ, उनीहरू बाहिर जाँदैनन्। उनीहरूले हामीलाई कुनै प्रशिक्षण पनि दिएनन् । हाम्रो काम सेनाका लागि पानी बोक्ने र वारूदी सुरूङ खन्ने थियो ।”

    एक मुस्लिम गाउँमा गस्तीमा पठाइएका बेला सैयदले आफुलाई जबर्जस्ती सेनामा भर्ती गर्ने ‘अपहरणकारीहरू’लाई स्लिप दिएर र बङ्गलादेशमा फर्कन सफल भएको बताउनुभयो ।

    संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले बङ्गलादेश सरकारलाई दिएको तथ्याङ्कअनुसार सीमा नजिकको लडाइँ चर्किँदै गएपछि हालैका महिनाहरूमा सीमा पार गर्ने करिब १४ हजार रोहिङ्ग्याहरूमध्ये उहाँ एक हुनुहुन्छ ।

    विज्ञहरूका अनुसार यस वर्ष बङ्गलादेशको शरणार्थी शिविरबाट कम्तीमा दुई हजार रोहिङ्ग्यालाई जबरजस्ती सेनामा भर्ना गरिएको छ भने म्यान्मामा रहेका अन्य धेरै रोहिङ्ग्यालाई पनि भर्ती गरिएको छ ।

    बङ्गलादेशमा सेवामा खटिनेहरूले म्यान्माको जुन्टाले उनीहरूलाई आफ्नो मातृभूमि फर्कन दिने छुटको बदलामा सेनामा भर्ती हुन बाध्य पारेको बताएका छन्।

    शिविरमा कार्यरत दुई सशस्त्र समूह अराकान रोहिङ्ग्या साल्भेसन आर्मी र रोहिङ्ग्या सोलिडारिटी अर्गनाइजेसन ९आएसओ० दुवैले उनीहरूलाई शरणार्थीका रूपमा मान्यता दिन अस्वीकार गर्दै आएका छन् ।

    आरएसओका वरिष्ठ नेता कोको लिनले एएफपीसँग भन्नुभयो, “हामीले कहिल्यै पनि आफ्नो वा अरूका लागि जबरजस्ती कसैलाई सेनामा भर्ती गरेका थिएनौँ।”

    संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले म्यान्माको सेना र अराकान सेना दुवैले द्वन्द्वका बेला रोहिङ्ग्या समुदायमाथि गम्भीर दुर्ब्यवहार गरेको जानकारी आफूसँग रहेको जनाएको छ ।

    अन्य अधिकारवादी समूहहरूले म्यान्माका सेनासँगै रोहिङ्ग्याहरूलाई सेवामा खटाइएकाले अराकान सेनाले जवाफी आक्रमणलाई बढावा दिएको बताएका छन्।

    गत महिना फोर्टिफाई राइट्सले विद्रोही समूहले सीमामा ड्रोन र मोर्टार बमबारीमा १०० भन्दा बढी रोहिङ्ग्या पुरुष, महिला र बालबालिकाको हत्या गरेको बताएको थियो ।

    सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.