काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ।
Advertisement
प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालत काठमाडौंबाट उनलाई पक्राउ गर्न बुधबार अनुमति लिएको हो ।
ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।
प्रसाईं झापास्थित बी एन्ड सी अस्पतालका सञ्चालक हुन् भने पाण्डे बाग्लुङको बडीगाड र दाहाल धादिङ सुनौला बजारका बासिन्दा हुन् ।
उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न अदालतले अनुमति दिएको बताइएको छ ।