बागलुङबजार । “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयताको खारेज गरौँ” उदघोष सहित सञ्चालित राष्ट्रिय जनमोर्चा बागलुङको विशेष सङ्गठनात्मक अभियानअन्तर्गत बडिगाड गाउँपालिकामा ज्ञापन बुझाइएको छ ।
२०८१ भदौ ३१ गते सोमबार राष्ट्रियता, जनतन्त्र, जनजीविका, सङ्घीयताको खारेजी र विकास निर्माणमा भएका अनियमितता साथै ढिलासुस्तीको विरुद्ध स्थानीय सरकारको ध्यानाकर्षण गराउन सो ज्ञापन बुझाइएको हो ।
पालिका उपाध्यक्ष भीमसेन वन, निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर घर्तीलाई उक्त ज्ञापन बुझाइएको थियो ।
ज्ञापनपत्र बुझाउन राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, राजमो बागलुङका सचिव भीमलाल पोखरेल, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, राजमो बागलुङका सदस्य तथा बडिगाड गाउँ समितिका अध्यक्ष बोमबहादुर थापा, राजमो बडिगाड गाउँ समितिका उपाध्यक्ष रनमाया थापा, सचिव विमल श्रीस, सदस्यहरू प्रेम पुन, द्रोण वन, लालबहादुर छन्त्याल, रेशु थापालगायतको टोली पालिका कार्यालय पुगेको थियो ।