बागलुङबजार । राष्ट्रिय जनमोर्चा तमानखोलाले पालिकामा १६ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
Advertisement
राजमो केन्द्रीय सदस्य गौरिश्वर पाण्डेको नेतृत्वमा गएको पाँच सदस्यीय प्रतिनिधिमण्डलले २०८१ भदौ ३० गते शनिबार सो ज्ञापनपत्र बुझाएको हो ।
प्रतिनिधिमण्डलमा राजमो बागलुङका सचिव भीमलाल पोखरेल, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, राजमो जिल्ला सदस्यहरू भीमसेन वन र बेलु गिरी पनि सहभागी हुनुभयो ।
ज्ञापनपत्रमा राष्ट्रियरअन्तर्राष्ट्रिय तथा स्थानीय महŒवका विभिन्न विषयहरू समेटिएको छ ।


