• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ६. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. वेदकालीन समाज

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

  • १०. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

ह्यारिस र ट्रम्पबीच पहिलो प्रत्यक्ष बहस : आरोप प्रत्यारोपमा नै सीमित


  •   बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
  • अमेरिका । अमेरिकाको राष्ट्रपतीय बहसमा उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलवार राति पहिलो पटक आमने सामने भएका छन् ।

    Advertisement

    बहसमा ह्यारिस र ट्रम्पबीच अर्थव्यवस्था, गर्भपतन, आप्रवासन, प्यालेस्टिनी–इजरायली द्वन्द्व, युक्रेन सङ्कट, अफगानिस्तानबाट अमेरिकाको बहिर्गमनलगायत प्रमुख अमेरिकी बिषयमा केन्दिूत भएको छ ।

    बहसमा दुबै नेताले देशभरिका मतदातालाई आफ्नो दललाई मतदान गर्न आग्रह गरेका थिए भने करिव ९० मिनेटसम्म चलेको बहसपछि उनीहरूले हात मिलाएर आपसमा विदा भएका थिए ।

    एबीसी न्यूजले आयोजना गरेको यो बहस जुनमा राष्ट्रपति जो बाइडेन र ट्रम्पबीचको पहिलो बहसपछि सन् २०२४ को निर्वाचनसम्बन्धी दोस्रो बहस हो भने ह्यारिससँगको पहिलो हो । बहसमा ट्रम्पको कठोर आरोपमा राष्ट्रपति बाइडेनको फितलो प्रस्तुति भएको भन्दै डेमोक्र्याटिक दलका नेता, कार्यकर्ता, शुभेच्छुकबाट नै उम्मेदवारी त्याग्नका लागि आएको बढ्दो दबाबपछि बाइडेन आसन्न राष्ट्रपतीय चुनावको दौडबाट बाहिरिएको घोषणा गर्नु भएको थियो ।

    राष्ट्रपतीय निर्वाचनको करिव दुई महिना मात्र बाँकी रहेको अवस्थामा भएको यो बहसले कडा प्रतिस्पर्धाको अवस्था देखाएको छ ।

    ह्यारिस र ट्रम्पले नोभेम्बर ५ मा हुने चुनावपछि एकअर्काको जितपछिका योजना र कार्यक्रमबारे बहसमा चर्चा गरेका थिए ।

    चार वर्ष अघिको तुलनामा अमेरिकीहरूको अवस्था राम्रो छ कि छैन भनेर सोधिएको प्रश्नमा ह्यारिसले प्रत्यक्ष जवाफ दिनुभएन । उहाँले ट्रम्पले डेमोक्र्याटहरूलाई ‘‘महामन्दी’पछिको सबैभन्दा खराब बेरोजगारी’ छोडेको आरोप लगाउनुभएको थियो ।

    रिपब्लिकन नेता ट्रम्पले भन्नुभयो, “यो दाबी भ्रामक छ । सन् २०२० को अप्रिलमा कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दीका कारण बेरोजगारी १४।८ प्रतिशत पुगेको थियो । मैले कार्यालय छोड्दासम्म बेरोजगारी दर ६।४ प्रतिशत कायम भइसकेको थियो ।”

    ह्यारिसले राष्ट्रपतिमा निर्वाचित भएमा प्रत्येक कर तिर्ने उमेरका बच्चाका लागि छ हजार डलरसम्म कर छुट र साना व्यवसायका लागि ५० हजार अमेरिकी डलर कर छुट दिने बताउनुभएको छ । उहाँले ट्रम्पले अर्बपति र कर्पोरेसनलाई अरु कोहीभन्दा बढी प्राथमिकता दिने दाबी गर्दै पूर्व राष्ट्रपति ट्रम्पले बिक्री करको योजना बनाएको र यसले आम अमेरिकीलाई नोक्सान पु¥याउने दाबी गर्नुभएको थियो ।

    ह्यारिसको कुरा काट्दै ट्रम्पले राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिकी इतिहासकै सबैभन्दा उच्च मुद्रास्फीतिको सुरुवात गरेको, अहिले २१ प्रतिशत र केही वस्तुमा ६० प्रतिशतसम्म मुद्रास्फीति भएको बताउनुभयो ।

    प्रतिवादमा ह्यारिसले भन्नुभयो, “यो गलत हो । हाल मुद्रास्फीति २।९ प्रतिशत रहेको छ । बाइडेनको कार्यकालमा सन् २०२२ मा मुद्रास्फीति ९।१ प्रतिशत पुगेको तर यो सन् १९२० को ऐतिहासिक उच्च २३।७ प्रतिशतभन्दा निकै कम रहेको थियो ।”

    बहसका क्रममा ट्रम्पले आफूले बिक्री कर लगाउने कुरा अस्वीकार गरे पनि अन्य देशले न्यूनतम १० प्रतिशतका दरले व्यापार शुल्क तिर्नुपर्ने बताउनुभयो ।

    विज्ञहरूका अनुसार अतिरिक्त महशुल उपभोक्तामाथि लगाइने करको मात्रा हो जसले उनीहरूलाई लागत हस्तान्तरण हुनेहुँदा अतिरिक्त भुक्तानी गर्न मान्दैनन् ।

    ह्यारिसले टेलिभिजन हेरिरहेका करोडौँ मानिसहरूलाई प्रत्यक्ष सम्बोधन गर्दै अमेरिकीहरूबारे आफूले विशेष ध्यान दिने तर्क बारम्बार प्रस्तुत गर्नुभयो । त्यसक्रममा उहाँले ट्रम्पले धनीहरूलाई मात्र हेरिरहेको आरोप लगाउनुभयो।

    ट्रम्पले बारम्बार नीतिगत प्रश्नलाई आप्रवासनसँग जोड्दै अमेरिका ‘ओइरिने आप्रवासीहरूले अमेरिकाका कुकुरको मासु खाने गरेका’ दाबी गर्नुभएको थियो ।

    विदेश नीतिका विषयमा ह्यारिसले विश्व नेताहरूले ट्रम्पलाई हास्य पात्र बनाएको र ट्रम्पले तानाशाहीहरूलाई मात्र प्रभावित पार्न खोजेको आरोप लगाउनुभएको थियो । तर ट्रम्पले पछिल्ला केही वर्षका देखिएका भूराजनीतिक सङ्कट आफू नेतृत्वमा भएको भए नहुने दाबी गर्नुभएको थियो ।

    बहसमा ह्यारिसले इजरायलको प्रतिरक्षाको अधिकारलाई आफूले सधैँ समर्थन गर्ने तर प्यालेस्टिनीहरूको पनि सुरक्षित भएर आत्मसम्मानका साथ बाँच्ने हक रहेको बताउनुभएको थियो भने ट्रम्पले ह्यारिसलाई इजरायलले घृणा गर्ने गरेको आरोप लगाउनुभएको थियो ।

    बहस अन्त्यतिर ह्यारिसले आफू भविष्यप्रति सचेत हुँदै केन्द्रित रहेको बताउनुभएको थियो ।

    त्यसको प्रतिकार गर्दै ट्रम्पले यदि ह्यारिससँग यो योजना भएको भए उहाँले अहिले उपराष्ट्रपतिकै रूपमा त्यसलाई कार्यान्वयन गरेको हुनुपर्ने बताउनुभएको थियो ।

    गर्भपतन को पहुँच को ग्यारेन्टी गर्ने नजीर ‘रो भर्सेस वेड’लाई उल्टाउने तीन परम्परावादी न्यायाधीशहरूलाई सर्वोच्च अदालतमा नियुक्त गर्ने ट्रम्पले डेमोक्र्याट्सलाई यस मुद्दामा ‘कट्टरपन्थी’ भन्दै उपराष्ट्रपति पदका उम्मेदवार टिम वाल्जले ‘जन्मपछि मृत्युदण्ड’ को पक्षधरता औल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो मृत्युदण्ड हो, गर्भपतन होइन ।

    बच्चा जन्मिनु ठिक छ । तर मारिनु गलत हो । यो मेरो विचारमा गलत हो ।”

    बहसका मध्यस्थकर्ता लिन्से डेभिसले ट्रम्पलाई सच्याउँदै भन्नुभयो, “बच्चा जन्मिसकेपछि उसको हत्या गर्ने कानुनी व्यवस्था यो देश ९अमेरिका० को कुनै पनि राज्यमा छैन ।

    ह्यारिसले थप्नुभयो, “अमेरिकामा कहीँ पनि एउटी महिलाले गर्भपतन गराउनका लागि गर्भधारण गरेकी छैनन् । यो त केवल सङ्कटको वैकल्पिक व्यवस्था मात्र हो ।”

    युक्रेनका बारेमा भएको एक अन्तर्वार्तामा ट्रम्पले आफूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गरेर युद्ध टार्न खोजेको बताउनुभएको थियो ।

    ट्रम्पले ह्यारिसलाई ‘दूत’ को संज्ञा दिँदै भन्नुभयो, “यो युद्ध सुरु हुनुअघि नै अमेरिकाले ह्यारिसलाई शान्ति वार्ता गर्न पठाएको थियो। जेलेन्स्की र पुटिनसँग वार्ता गर्न पठाएको थियो । तर तीन दिनपछि युद्ध सुरु भयो।”

    ह्यारिसले ट्रम्पको दाबीलाई झुटो भन्दै सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गर्नुअघि आफूले म्युनिख सुरक्षा सम्मेलनमा जेलेन्स्कीलाई भेटेको तर पुटिनलाई नभेटेको बताउनुभयो । ह्यारिसले शान्तिको प्रयास गरेको तर आफ्ना कारण युद्ध सुरू नभएको भन्दै ट्रम्पको भनाइलाई खण्डन गर्नुभएको थियो ।

    बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’
    रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
    सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते
    फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ६.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    भर्खरै

    • १.
      किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

    • २.
      रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

    • ३.
      पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    • ४.
      भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

    • ५.
      सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    • ६.
      फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    • ७.
      इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    • ८.
      वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.