• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

स्वदेश फर्किन पाउने नागरिकको अधिकारमाथि अवैध बन्देज लगाइयोः पौडेल (भिडियो सहित)


  •   शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले भारतका विभिन्न क्वारेन्टिनमा नेपालीलाई एक छाक मात्रै खान दिने गरिएको र कतिपय ठाउँबाट अपमानित ढंगले निकालिएको बताउनुभएको छ ।

    Advertisement

    शुक्रबार सुरु भएको संसदको बजेट अधिवेशमा आफ्नो धारणा राख्दै राजमो उपाध्यक्ष पौडेलले भारतमा समस्यामा रहेका २५ हजारभन्दा बढी नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारसँग माग गर्नुभएको छ । सीमा क्षेत्रमा क्वारेन्टिनमा रहेका र भारतका अन्य क्षेत्रमा अफ्ठ्यारोमा परेका २५ हजारबढी नागरिकलाई सुरक्षित रुपमा नेपाल फर्काउन उहाँले आग्रह गर्नुभएको हो ।

    त्यस सन्दर्भमा उहाँले उत्तराखण्डको हल्द्वानीस्थित क्वारेन्टिनबाट १७ नेपालीलाई निकालिएको र उत्तरप्रदेशस्थित पलियामा रहेको क्वारेन्टिनमा एक छाक मात्रै खान दिन गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    सांसद पौडेलको सम्बोधनको सम्पादित अंश
    ‘कोरोना भाइरस विश्वव्यापी महामारीका रुपमा फैलिएको अवस्था छ । यो अवस्थामा मुख्यतय दुई घटना भन्न चाहन्छु । भारतको उत्तराखण्ड हल्द्वानीमा क्वारेन्टिनमा बसेका १७ जना नेपालीहरुलाई त्यहाँबाट अब हामीहरुले तिमिहरुलाई खान दिन सक्दैनौं भनेर निकादिएको अवस्था छ । त्यो सँगै कैलालीको सिमाक्षेत्र पलिया भन्ने ठाउँमा क्वारेन्टिनमा बसेका दुई सय जना नेपाली मजदुरलाई १ छाक मात्र खाना दिएर अब हामीहरुले तिमिहरुलाई खाना दिन सक्दैनौं भनेर सूचना पनि निकालेको अवस्था छ ।

    यो त एउटा प्रतिनिधिमुलक घटना हो । भारतमा नेपालीहरुको अवस्था एकदमै दयनीय रहेको छ । जो बेखर्चि छन्, जसको अत्यन्त दयनीय अवस्था छ, सरकारले तिनको डाटा संकलन गरेर तत्काल तिनीहरुलाई आफ्नो देशमा ल्याएर व्यवस्थापन गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।

    सरकारले प्राथकिताका आधारमा नेपालीलाई स्वदेश फर्काउने कुरा गर्यो, त्यो स्वागतयोग्य छ । तर भारतमा रहेका नेपालीहरुको कुरा समेटेको पाइएन । भारतमा झन् खुला सिमानाका भएको देश क्वारेन्टिनमा बसेका नेपालीहरको झनै विचल्ली भएको देखिन्छ । जतिखेर २ हजार मात्र नेपालीहरु सिमानामा थिए सरकारले चाहेको भए राम्रो तरिकाले क्वारेन्टिनमा राख्न सक्थ्यो । पछि ढिलो पनि भयो र असम्वेदनशील पनि भयो त्यो विषयमा ।

    अहिले मसँग करिब २५ हजार नेपालीहरुको डाटा फोन नम्बरसहित आएको छ । सभामुख मार्फत सरकारलाई भन्न चाहन्छु त्यो डाटा अनुसार त्यहाँको दूतावाससँग समन्वय गरेर एकिन डाटा संकलन गरी प्राथमिकताका आधारमा बेखर्चि नेपालीहरुलाई स्वदेशमा ल्याएर तिनिहरुको व्यवस्थापन गरियोस् र क्वारेन्टिनमा राखियोस् ।

    यो पनि: भारतीय क्वारेन्टिनबाट अपमानित ढंगले निकालिए नेपाली (भिडियो सहित)

    यो जटिल अवस्थामा हामीले त्यो समस्याको समाधान गर्नु पर्छ । विश्वभरबाट नेपालीहरु दिर्धकालीनरुपमा स्वदेश फर्किनेवाला छन् । तिनिहरुलाई यहाँ ल्याएर क्वारेन्टिनमा मात्र राखेर समस्याको समाधान हुन सक्दैन । क्वारेन्टिनमा राख्नु तत्कालीन समस्याको समाधान मात्र हो ।

    दिर्धकालीन रुपमा उनीहरुलाई आइ पर्ने भोकमरीको समस्यालाई पनि हेर्न जरुरी छ । त्यसको लागि समयमै श्रमसँग जोड्न जरुरी छ । देशलाई उत्पादनको क्षेत्रमा लैजान जरुरी छ । कृषिको क्षेत्रमा लैजान जरुरी छ । बाँझो पल्टेका खेतहरुलाई सरकारले एउटा प्याकेजको रुपमा ल्याउन सक्यो भने उनीहरुलाई श्रमसँग जोडेर काम दिएर त्यो भोकमरीबाट केही हदसम्म बचाउन सकिन्छ ।

    स्वास्थ्य उपचारको समस्या भैरहेको छ त्यो समस्यालाई पनि पुर्ति गर्न जरुरी छ । त्योसँगसँगै हामीले जनतालाई पीसीआरद्वारा नै समयमा सबैलाई जाँच्न सकेनौं भने त्यो झन् भयावरुप लिनेछ ।

    सरकारले लकडाउन गरेर ठिकै गरेको छ । यो अवस्था एउटा बाध्यात्मक अवस्था हो । यो बाहेक अर्को विकल्प पनि छैन । तर लकडाउनले मात्रै हाम्रो समस्या समाधान हुन सक्दैन । त्यस पछिका समस्या अझ कहाली लाग्दो हुन्छ । त्यसैले सरकारले त्यसलाई पनि मध्यनजर गर्दै जानु पर्छ ।

    तत्काल स्वास्थ्य सामाग्रीमा खरिदमा भएका भ्रष्टाचार तथा राहत वितरणमा भएका अनियमितताको कडाईपूर्वक छानबिन गरी दोषिलाई कार्वाहीको दायरामा ल्याउनु पर्छ । जसले यस्तो अवस्थामा पनि स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गर्छ भने त्यसले अरुमा झन के गर्ला ? त्यसैले त्यसता भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कार्वाही गरियोस् ।

     

    https://www.facebook.com/Yugdarshanprawas/videos/224644955506516/
    शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार
    जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • २.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ३.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ४.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ५.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ६.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ७.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    • ८.
      डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.