• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘हेर्दा राम्रो मार्फा गाउँ ….’


  •   सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
  • ‘क्या राम्रो स्याउ बारी,
    मार्फा गावैमा,
    हेर्दा राम्रो मार्फा गाउँ,
    खाँदा मीठो मार्फा स्याउ’
    ज्योति गुरुङले स्वर भर्नुभएको स्वर्गीय वसन्ती लालचनको शब्द रचना रहेको गीतले मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा पर्ने मार्फाको कृषि पर्यटकीय सम्भावनालाई उजागर गर्दछ । रसिलो र स्वादिलो स्याउ उत्पादन हुने मार्फा पछिल्लो समय पर्यटकीयस्थलका रुपमा विकसित हुँदै गएको छ । मार्फाका ७९ वर्षीया लालप्रसाद हिराचन संस्कृति र प्रकृतिको धनी मार्फा कृषि पर्यटनको नमूना भएको बताउनुहुन्छ ।

    Advertisement

    “मार्फाको स्याउबारी, थकालीको रहनसहन, जीवनशैली, मौलिक संस्कार, कला संस्कृति, गुम्बा, गुफाले पाहुनालाई लोभ्याउने गएको छ”, उहाँ भन्नुहुन्छ, “मुस्ताङ आउने पर्यटकको बसाइँ लम्ब्याउन र उनीहरुलाई भुलाउन मार्फामा धेरै आकर्षक गन्तव्य र वस्तुहरु छन् ।” सेतो र रातो माटोले लिपेका झुरुप्प मिलेका मार्फाका घरहरुमा माटोकै छाना र छानामाथि दाउरा चिनेर राखिएका हुन्छन् । मार्फालीले शताब्दिऔँअघिको मौलिकता बचाएर राखेका छन् ।

    कालीगण्डकी नदी किनारको फाँटमा स्याउबारीको हरियाली र कुनातर्फ सुक्खा पहाड, यहाँको अर्को आकर्षक हो । ढुङ्गा बिछ्याइएको मार्फाका भित्री गल्लीहरु सफासुग्घर र चिटिक्क देखिन्छन् ।

    वसन्त ऋतुमा स्याउ फुल्दा र सरदयाममा लटरम्म दाना लागेका बगैँचामा डुल्दा प्रकृतिको काखमा रमाएको महसुस हुने काठमाडौँबाट मार्फा घुम्न आएकी सरिता तिमिल्सिनाले सुनाउनुभयो । “चलचित्र जेरी र कबड्डीमा मार्फाका गाउँको नामाकरण भएकामा ती गल्लीमा थकाली पोसाक लगाएर फोटो, भिडियो बनाउँदा झनै रमाइलो भयो”, उहाँले भन्नुभयो, “क्या राम्रो स्याउबारी मार्फा गावैको भन्ने गीत सुनेर गरेको परिकल्पना ठ्याक्कै मिल्यो ।”

    गीतमा उद्धृत गरिए झैँ मार्फा गाउँको पहिचान झल्काउने धेरै विशेषता र आकर्षण छन् । धौलागिरि हिमाल फेदको धमाङबाट बसाइँ सरेर आएका लालचन, हिराचन, ज्वारचन र पन्नाचन थरका थकाली समुदायले बस्ती बसालेको एक सय ५० परिवारको बसोबास रहेको मार्फामा दलित समुदायको पनि बसोबास छ ।

    सक्खर माटो बिछ्याइएका परम्परागत घरहरूमा बिस्कुन सुकाउन र पानी नचुहियोस् भनेर छानाको चारैतिर दाउरा चिनेर राख्ने चलन रहेको मार्फाकी कमला लालचनले बताउनुभयो । परम्परागत समाजमा घरको छानामा रहेका दाउरालाई त्यो घरको आर्थिक सम्पन्नताको मापनका रुपमा लिइने गरिएको उहाँको भनाइ छ ।

    दर्जनौँ स्वदेशी तथा विदेशी चलचित्रहरु छायाङ्कन भएका यहाँका घरहरूमा स्थानीय पहिचान झल्किने कलात्मक वस्तुहरू सजिएका छन् । मार्फाको पश्चिमतर्फको पहाडका भित्तामा प्राकृतिक कलात्मक दृश्य देखिन्छन् । “सम्तेलिङ गुम्बा मार्फाको धार्मिक सम्पदा हो । गाउँ माथिको पाखामा रहेको करिब तीन सय वर्ष पुरानो भिर गुम्बा अर्को आकर्षण हो । उक्त गुम्बामा विपद् नहोस्, खेतीबाली सप्रियोस् र रोगव्याधि नलागोस् भनेर पूजाआजा गर्ने चलन छ”, कमलाले भन्नुभयो ।

    जापानी भिक्षु तथा अन्वेषक इकाइ कावागुची सन् १८८८ मा बौद्ध धर्मको अध्ययनका लागि तिब्बत जाने क्रममा बसेको घरलाई ‘कावागुची घर’ नामाकरण गरिएको छ । इकाइ कावागुचीलाई नेपाल–जापान सम्बन्धका दूतका रुपमा मान्ने गरिएको स्थानीय बताउँछन् ।

    हिमाली क्षेत्रका फलफूल, तरकारी र खाद्यबालीको अनुसन्धान तथा विकासका लागि मार्फामा शीतोष्ण बागबानी विकास फार्म रहेको स्थानीय ज्ञानु पन्नाचनले बताउनुभयो । कृषिसम्बन्धी अध्ययन–अनुसन्धान र स्याउबारी अवलोकन गर्न फार्ममा पर्यटकहरु भुल्ने गरेका उहाँको भनाइ छ ।

    देशका विभिन्न ठाउँबाट कृषक समूह र कृषि प्राविधिकहरु अवलोकन भ्रमणमा आउँछन् । “शीतोष्ण बागबानी विकास केन्द्रको नजिक मृदी गुफा छ । छोर्तेन आकृतिको गुफामा बौद्ध धर्मगुरु रिम्पोचेको मूर्ति छ”, स्थानीय ज्ञानुले भन्नुभयो । स्याउको राजधानीका रुपले परिचत मार्फाका स्थानीयको मुख्य आम्दानीको स्रोत कृषि र पर्यटन हो । स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा उवा, जौ, आलु, फापर, डाबर, सिमी र तरकारी लगाउँछन् । चौडापाते मार्फा, रायो जातको साग मार्फामा विकास भएको ज्ञानुले जानकारी दिनुभयो ।

    घरपझोङ गाउँपालिकाका कार्यपालिका सदस्य दीपक लालचनका अनुसार मार्फामा छवटा स्याउको ब्रान्डी बनाउने उद्योग सञ्चालित छन् । बेमौसममा स्याउ बिक्री गर्न कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र गाउँपालिकाको सहयोगमा चिस्यान गृह बनाएर भण्डारण गर्न थालिएको उहाँले जानकारी दिनुभयो । घरपझोङ गाउँपालिकाले मार्फा गाउँभित्रको विद्युत् र टेलिफोनलाइनलाई भूमिगत बनाई सडक बत्ती जडान गरेर साँझपख भिलीमिली बनाएको छ । घरपझोङ–२ मार्फाका वडाध्यक्ष मनबहादुर हिराचनले कृषि पर्यटनको माध्यमबाट बसाइँसराइ रोक्ने र गाउँलाई आर्थिक रुपमा समृद्ध बनाउन पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धनात्मक कामलाई सँगसँगै अघि बढाइएको बताउनुभयो ।

    अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मार्फा हुँदै विश्वको सातौँ अग्लो धौलागिरि हिमाल आरोहण गर्न जाने पदमार्ग छ । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको मार्फा खण्डमा हालै कालोपत्र गरिएको वडाध्यक्ष हिराचनले जानकारी दिनुभयो । यहाँबाट आलुबारी हुँदै याकखर्कसम्म सडक पु¥याएपछि आरोहीलाई आधार शिविरमा सामान लैजान सहज भएको उहाँले बताउनुभयो ।

    वडाध्यक्ष हिराचनका अनुसार सहरी विकास तथा भवन निर्माण आयोजना बागलुङमार्फत रु एक करोडको लागतमा स्याउ उद्यान निर्माणाधीन छ । स्याउ आकृतिमा निर्माण गर्न लागिएको उद्यानबाट मार्फा गाउँ अवलोकन गर्न सकिन्छ । उक्त ठाउँ नजिकै गाउँपालिकाले स्याउको प्रतिमा बनाइएको छ । मार्फा गाउँबाट ‘भ्यू पोइन्ट’ जाने ढुङ्गा बिछ्याएको पदमार्ग निर्माण र डिलमा सौन्दर्यीकरणका लागि बत्ती जडान गरिएको उद्योग तथा पर्यटन कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले बताउनुभयो ।

    पर्यटकको सुविधाका लागि मार्फामा २० भन्दा बढी होटेल सञ्चालन भएका छन् । मुस्ताङ घुम्न आउने पर्यटकहरुले मार्फाका कोसेली घरहरुबाट स्याउ, सकुटी, दाल, ब्रान्डिलगायत सामग्री किनेर लैजाने गरेका स्थानीय व्यापारी बताउँछन् ।
    सन्तोष गौतम (रासस)

    सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.