तमघासबजार । गुल्मीको हाडहाडेमा राष्ट्रिय जनमोर्चाको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
राजमो धुर्कोट गाउँ समितिका सदस्य होमबहादुर थापाकी आमा टोपला थापाक्षेत्रीको निधन भएको एघारौँ दिन २०८१ भदौ २२ गते शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
राजमो लुम्बिनी प्रदेश समितिका सदस्य रामेश्वर खत्रीको प्रमुख आतिथ्यमा अघि बढेको उक्त कार्यक्रममा विशेष अतिथि राजमो गुल्मीका सचिव हरि न्यौपाने रहनुभएको थियो ।
कार्यक्रममा राजमो जिल्ला सदस्यहरू धनबहादुर थापा र ताराबहादुर जिसी, जिल्ला सल्लाहकार लीलाराज बस्नेत, धुर्कोट–५ का वडासदस्य रुमाकान्त पाण्डे, वडासमितिका सदस्य झविन्द्र भण्डारी, राजमो अर्घाखाँची मालारानी पालिका समितिका अध्यक्ष योगेन्द्रबहादुर थापा, मालारानी–६ का वडासदस्य रामु सुनार र राजमो धुर्कोटका सदस्य यमबहादुर घर्ती क्षेत्रीले शोकमन्तव्य राख्नुभएको थियो ।
शोकसभाको सञ्चालन मित्रबहादुर थापाले र अध्यक्षता हेमबहादुर थापाले गर्नुभएको थियो ।