दिनेस रैदास, देउखुरी
दाङको विभिन्न ठाउँमा तिजी कार्यक्रम मनाइएको छ ।
Advertisement
नेपाली नारीहरूको पर्व हरितालिका तिज देउखुरीका वडाका विभिन्न ठाउँहरूमा मनाइएको हो ।
कायक्रम राप्ती गाउँपालिका वडा नं. १ कोे पिपलटाडी, हनुमान गढी मन्दिर भालुबाङ, ग्रीन पार्क पुल्चोक, चपटारे चौपारी पाखापानी, वडा नं २ कोे लालमटिया, वडा नं. ३ कोे घण्टादेव शिवालय, वडा नं. ७ कोे बिजौरी, वडा नं. ५ कोे सिसहनिया, लमही नगरपालिका वडा नं. १ नर्ति, सुण्डबरी, वडा न.ं ३ कान्तिपुर कौडीहा, वडा नं. ५ लमही र वडा नं. ६ कोे कुलमोहरलगायतका स्थानहरूमा नारीहरूले तिज मनाएका छन।
त्यसैगरी गढवा गाउँपालिका वडा नं. १ कुल्पानी, बढाहरा, कालाकाटे, धनखोला, सतबरिया र राजपुर गाउँपालिलगायत विभिन्न ठाउँहरूमा तिज पर्व मनाएको प्राप्त जनाकारीमा आएको छ ।