• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

विपन्न र अनाथका शैक्षिक अभिभावक खड्का, जसले वर्षेनी छात्रवृत्तिमा खर्चन्छन् १५ लाख


  •   शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
  • महोत्तरी । ‘मैले पढ्ने कुरामा कहिल्यै पैसाको चिन्ता गर्नु परेन, अब फार्मेसी विषयको डिप्लोमा तह तार लगाउने ठाउँमा पुगेकी छु’, बर्दिबास–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा फार्मेसी विषय अन्तिम वर्षको अध्ययन जारी राखेकी बर्दिबास–३ गौरीडाँडाकी वर्माशाखा भन्छिन्, ‘पद्मशम्शेर स्मृति प्रतिष्ठानले मेरो शैक्षिक शुल्कको पूरै भार उठाइदिएपछि ढुक्क भएर पढ्न पाएकी छु ।’

    Advertisement

    दलित भनिने सार्की जाति समुदायकी वर्माशाखाजस्ता प्राविधिक धार र वाणिज्य तथा शिक्षा सङ्कायमा स्नातक गरिरहेका समेत अहिलेसम्म २७ जना छात्रछात्राको शैक्षिक अभिभावकत्व प्रतिष्ठानले उठाएको छ । यी सबैको शैक्षिक शुल्कको भार प्रतिष्ठानका तर्फबाट बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले उठाएका छन्।

    ‘बा कहाँ ? आमा कहाँ ? अगाडि पढ्न सकुँलाजस्तो लागेको थिएन’, आफ्नो भन्ने घर नभएकी बर्दिबास–१ मा डेरा गरी बसेकी कृति महत भन्छिन्, ‘तँ आँट, सघाउने तेराअघि आइपुग्छ भन्ने सुन्थे, मलाई त्यस्तै भयो, प्रतिष्ठानले मेरो पढ्ने रहर पूरा गरायो ।’ महत बर्दिबास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयमा प्राविधिक धारको बाली विज्ञान विषयमा डिप्लोमा तहको अध्ययन गरिरहेकी छन् ।

    विसं २०७७ देखि आफ्ना स्वर्गीय पितामाताको स्मृतिमा बर्सेनि नयाँ शैक्षिकसत्र सुरु हुने बेला भएपछि खड्काले प्रतिष्ठानका तर्फबाट छात्रवृत्तिको प्रक्रिया थालेका हुन् । यसक्रममा हालसम्म (२०८० को नयाँ सत्रसम्म) २७ जनाको शैक्षिक शुल्कको अभिभारा प्रतिष्ठानले उठाएको छ ।

    ‘२०७७ देखि २०८० सम्मका २७ जना छन्, यसपालि (२०८१) का लागि छात्रवृत्तिमा तीनजनाको नाम छनोट भएको छ, अब उनीहरूले चाहेका शिक्षालयमा भर्ना पाउनेछन्’, खड्का भन्छन्, ‘यो कामले मलाई स्वर्गीय आनन्द दिएको छ, पढ्ने कुरामा सहयोगी हुन पाउँदा मज्जाको खुसी पाइँदोरहेछ ।’

    नयाँ शैक्षिकसत्र सुरु हुनुपूर्व खड्काको व्यस्तता बढ्छ । अभिभावक नभएर वा अर्थाभावले नै उच्च शिक्षा र प्राविधिक धारको सीपयुक्त शिक्षा पढ्न नपाएकाहरूको खोजी गर्नु र उनीहरूलाई इच्छित विषय पढ्न सघाउन बस्तीबस्ती खोज्दै हिँड्ने गर्नुभएका खड्काको नयाँ शैक्षिकसत्र सुरु हुनासाथ व्यस्तता बढ्ने गरेको हो ।

    माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनसँगै खड्का नेतृत्वको पद्मशम्शेर स्मृति प्रतिष्ठान बर्दिबासले प्राविधिक धारको शिक्षा पढ्न चाहनेका लागि छात्रवृत्ति आवेदनको सूचना जारी गर्छ । त्यसलगत्तै आवेदकहरूको योग्यता परीक्षा लिने, नतिजा प्रकाशन गर्ने र उत्तीर्णमध्ये अत्यन्त कमजोर अर्थावस्था र अभिभावकविहीन को–को छन् घरघरै पुगेर अनुगमन गरेपछि प्रतिष्ठानले छात्रवृत्ति पाउनेको अन्तिम सूची प्रकाशन गर्ने गरेको छ ।

    यसक्रममा सुरुदेखिका सबै प्रक्रिया स्थानीय प्रशासनका अधिकृत प्रतिनिधि, स्थानीय तहका शिक्षा शाखाका अधिकृत, स्वतन्त्र पत्रकार र शिक्षकहरू सम्मिलित छात्रवृत्ति निर्णायक समितिले गर्ने गरेको खड्काले स्पष्ट पारे ।

    आफ्नो घरको गरिबीले उच्च शिक्षा लिन नपाएको बताउने खड्काले पछिल्ला वर्षहरूमा थालेका व्यवसायबाट केही आर्जन हुँदै गएपछि आर्जनको निश्चित प्रतिशत प्रतिष्ठान कोषमा जम्मा गरेर त्यसैबाट विपन्न र अभिभावकविहीनको पठनपाठन खर्च व्यहोर्दै आएका छन् । बर्दिबास चोकमा सञ्चालित होटल विनायक, विनायक बैङ्कुट र सगरमाथा हार्डवेयर पसल खड्काका व्यापारिक प्रतिष्ठान हुन् ।

    ‘खासमा विनायक होटलले मलाई प्रतिष्ठानको सङ्कल्पमा सघाएको छ’, खड्का भन्छन्, ‘जीवनसँगै मृत्यु जोडिएको सत्य र मर्दा चार हात कात्रोबाहेक केही साथ नजाने कुराले मलाई कमाइबाट केही पुण्य काम गर्नुपर्छ भन्ने चेत खुल्यो, यसमा मैले शिक्षालाई रोजे ।’

    खड्का आफैँ संरक्षक रहेको प्रतिष्ठान उनका स्वर्गीय माता पद्मकुमारी र पिता शम्शेरबहादुरका नाममा स्थापित संस्था हो । प्रचलित कानुनअनुसार दर्ता गरिएको यो संस्था शैक्षिक गतिविधिमा सघाउ पुर्याउने उद्देश्यले नै गठन गरिएको खड्का बताउँछन् ।

    ‘मैले एसएलसी पास गरेपछि गरिबीकै कारण अघि पढ्न पाइनँ, यो कुराले मलाई घोचिरहन्थ्यो, पछि केही आर्जन गर्नसक्ने भएँ, त्यसैले पढ्न अर्थाभाव भएकाहरूलाई सघाउने निधोमा पुगेँ’, खड्काले छात्रवृत्तिको नालीबेली खोल्दै भने । यस कुरामा आफ्ना स्वर्गीय पितामाताको इच्छा पनि पूरा गरेको सन्तोष मिल्ने गरेको खड्काको भनाइ छ । ‘मेरा बाआमा दुवैको चौबिस घण्टाभित्र निधन भयो, निधनअघि बाआमाले गरिब र अनाथलाई गर्न सकिछस् भने केही सहयोग गर्नु भन्नुभा’थ्यो, त्यो वचनले पनि मलाई झकझक्यायो ।’

    खड्काले शैक्षिक अभिभावकत्व लिएका छात्रछात्राले आपूmहरूको परीक्षा अघिपछि फोन गर्ने गर्नुभएको र चाडपर्वमा सम्झने गर्नुभएको बताएका छन् । शैक्षिक शुल्कको अभिभारामात्र नभएर उनी (खड्का) अन्य दुःखसुखका कुरा सुन्ने र निरन्तर वास्ता गर्ने घरकै अभिभावकसरह रहेका अहिले निर्मल लामा बहुप्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरिङ विषय डिप्लोमा तहको अन्तिम वर्षका छात्र अमर रसाइली बताउँछन् ।

    बर्दिबास नगरक्षेत्रलाई आधार बनाएर खड्काले सुरु गरेको छात्रवृत्तिले अहिलेसम्म चारजनाले प्राविधिक धारको डिप्लोमा तह उत्तीर्ण गरी कोही उच्च शिक्षाका लागि र कोही कामका लागि विदेश गएका छन् । यिनीहरूको सफलताले आफूलाई यस कार्यमा झन् उत्प्रेरित गर्ने गरेको खड्का बताउँछन् ।

    शिक्षा क्षेत्र त्यसमा पनि प्राविधिक धारको पठनपाठन हुनुपर्ने खड्काको धारणा छ । खड्काले साधारण कलेजका स्नातक तहका विद्यार्थीलाई पनि सघाएका छन् । तर सीपयुक्त शिक्षाले आर्थिक रूपमा आत्मनिर्भर बनाउन र आकर्षक रोजगारीको अवसर दिने हुँदा आपूmले प्राविधिक धारको पठनपाठनमा उत्प्रेरित गर्ने गरेको खड्का बताउँछन् ।

    ‘मेरो २०७७ यता बर्सेनि सालाखाला छात्रवृत्तिमा १५ लाख खर्च हुने गरेको छ’, खड्का भन्छन्, ‘तर मलाई खर्चको चिन्ता हैन, छात्रवृत्ति पाएकाहरूले राम्रो पढेर सीपयुक्त बनुन् भन्ने लाग्छ ।’ अहिलेसम्म बर्दिबास नगर क्षेत्रलाई मात्र आधार बनाएका खड्काले अब छिमेकका स्थानीय तहमा विस्तार गर्ने सोच बन्दै गएको बताउनुभयो । यस क्रममा बर्दिबाससँग सीमा जोडिएका महोत्तरीका स्थानीय तह थप्ने गरी सोचिएको उनको भनाइ छ । रासस

    शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.