काठमाडौं । ‘हेर्ने कथा’ का पात्र प्रकाशलाई नागरिकताको प्रमाण पत्र दिइएको छ ।
परिवारबाट ३५ वर्ष बढी हराएका भोजपुरका प्रकाश तामाङलाई घरमै पुगेर षडानन्द नगरपालिका–१० स्थित इलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकीय विनोद ज्ञवालीले नागरिकताको प्रमाणपत्र दिइएका हुन् ।
उनको नागरिकता बनाउन षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, नगरपालिकाका कार्यकारी अधिकृत मोहन चापागाईं र वडाध्यक्ष प्रेम दोजी शेर्पाले समन्वय गरेका थिए ।
प्रकाशको नागरिकतालाई प्रधानमन्त्रीले पनि चासो दिएका थिए । तत्कालीन गृह सचिव एकनारायण अर्यालसँग प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकताबारे कुरा गरेका थिए ।
प्रधानमन्त्रीकै चासो हुँदा वडाध्यक्ष, मेयर र दिङ्ला इलाका प्रशासन कार्यालयको समन्वयमा घरमै प्रकाशले नागरिकताको प्रमाणपत्र पाएका हुन् ।
‘हेर्ने कथा’ कार्यक्रममार्फत प्रकाश साढे तीन दशक पछि परिवारको सम्पर्कमा पुगेका थिए । अहिले प्रकाशलाई भोजपुरमा पुनस्र्थापित गराउने प्रयत्न भइरहेको छ ।
यसपछि उनलाई बैंक खाता खोल्ने तयारी भइरहेको पनि बताइएको छ ।