• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बागलुङमा विशेष सङ्गठनात्मक अभियान : सात टोली, सातै ठाउँमा कार्यक्रम


  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
  • बागलुङबजार । “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ” उदघोषसहित सञ्चालित राष्ट्रिय जनमोर्चा बागलुङको विशेष सङ्गठनात्मक अभियान जिल्लाभरि सञ्चालन भएको छ ।

    Advertisement

    अभियानको चौथो दिन बागलुङको सुखौरा, राङखानी, तङ्ग्राम, काडेबास, जलजला, खुङ्गा र बोहरागाउँमा सातै टोलीको कार्यक्रम सम्पन्न भएको हो ।

    टोली नं. १

    टोली नं. १ को कार्यक्रम बरेङ गाउँपालिकाको वडा नं. ५ सुखौरामा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो गण्डकी प्रदेश उपाध्यक्ष धर्मबहादुर कुँवर, राजमो बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पौडेल, राजमो जिल्ला सदस्य हीराबहादुर थापा, राजमो बरेङका सचिव पृथ्वीबहादुर पुन, सहसचिव तुफान पुन, सल्लाहकार रूपनारायण शर्मा, राजमो वडा समिति सल्यानका अध्यक्ष खडक पुनलगायतले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रम वडासमितिका अध्यक्ष चित्रबहादुर पुर्जाको अध्यक्षता, जीवन थापाको सञ्चालन र टीकाराम शर्माको स्वागत मन्तव्यका साथै उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

    टोली नं. २

    टोली नं. २ को कार्यक्रम जैमिनी नगरपालिकाको वडा नं. १० राङखानीमा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, राजमो केन्द्रीय सदस्य डिलबहादुर दर्जी, राजमो बागलुङका सल्लाहकार तथा जैमिनी नगरप्रमुख नरबहादुर पुन, अखिल नेपाल युवक सङ्घका श्रीप्रसाद थापा, वडा सदस्य फणिन्द्र थापा, सीता विकलगायतले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो ।

    कार्यक्रम टीका आचार्यको अध्यक्षता, जयराम आचार्यको सञ्चालन तथा झलक पुनको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।
    कार्यक्रममा अखिल नेपाल महिला सङ्घ राङखानीले विविध तिजी कार्यक्रम प्रस्तुत गरेको थियो ।

    टोली नं. ३

    टोली नं. ३ को कार्यक्रम काठेखोला गाउँपालिकाको वडा नं. ४ तङ्ग्राममा सम्पन्न भएको छ ।

    कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, राजमो बागलुङका अध्यक्ष तिलक थापा, अखिल नेपाल शिक्षक सङ्घका कमला थापा, राजमो जिल्ला सदस्य लक्ष्मण पुन, टीकासङ्गम विक, जिल्ला सल्लाहकार टेकबहादुर आरसी, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सदस्य थमन पुन, अखिल नेपाल भूतपुर्व सैनिक सङ्घका थिरबहादुर राना, जातीय समता समाज बागलुङका सदस्य कृष्ण विकलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

    कार्यक्रम वडासमितिका अध्यक्ष विष्णु कँडेलको अध्यक्षता, ऋता खत्री कार्कीको सञ्चालन र वडासमितिका सदस्य हिरा विकको स्वागत मन्तव्यका साथै सम्पन्न भएको थियो ।

    कार्यक्रममा अखिल नेपाल महिला सङ्घ तङ्ग्रामले तिजी कार्यक्रमसहित शुभकामना आदानप्रदान गरेको थियो ।

    टोली नं. ४

    टोली नं. ४ को कार्यक्रम गलकोट नगरपालिकाको वडा नं. ८ काडेबासमा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, राजमो केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राजमो बागलुङका जिल्ला सदस्य पदम श्रेष्ठ, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य पुष्कर सापकोटा, अखिल (छैठौं) बागलुङका अध्यक्ष गणेश सापकोटा, जनप्रतिनिधि अमृता सुनारलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

    कार्यक्रम वडासमिति अध्यक्ष श्याम सुनारको अध्यक्षता, मनिष कँडेलको सञ्चालन र चूडामणि कँडेलको स्वागत मन्तव्य रहेको थियो ।

    टोली नं. ५

    टोली नं. ५ को कार्यक्रम बडिगाड गाउँपालिकाको वडा नं. ४ जलजलामा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो बागलुङका सचिवालय सदस्य थानेश्वर सुवेदी, युवक सङ्घका महासचिव भीमसेन वन, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, राजमो बागलुङका सदस्य बोमबहादुर थापा, महिला सङ्घ बडिगाडका सदस्य रेखा श्रीसलगायतका अतिथिले मन्तव्य दिनुभएको थियो ।

    कार्यक्रम गम्बरबहादुर श्रीसको अध्यक्षता र तोपबहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

    टोली नं. ६

    टोली नं. ६ को कार्यक्रम ढोरपाटन नगरपालिकाको वडा नं. ४ खुङ्गामा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो बागलुङका सचिव भीमलाल पोखरेल, राजमो बागलुङका कोषाध्यक्ष दीपक थापा, तमबहादुर घर्ती, राजमो ढोरपाटन सदस्य नारायण घर्तीलगायतले मन्तव्य दिनुभएको थियो ।

    कार्यक्रम रामबहादुर अर्गेजाको अध्यक्षता, कुलबहादुर छन्त्यालको सञ्चालन र इन्द्रमान छन्त्यालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    टोली नं. ७

    टोली नं. ७ को कार्यक्रम निसीखोला गाउँपालिकाको वडा नं. ३ बोहरागाउँमा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, राजमो बागलुङका उपाध्यक्ष खिमविक्रम शाही, जनजाति सम्मेलन बागलुङका सल्लाहकार प्रगति बुढा, निसीखोला–३ का वडाअध्यक्ष रमेशविक्रम शाही, अखिल नेपाल किसान महासङ्घ बागलुङका कोषाध्यक्ष लीला घर्ती, विक्रम सिर्पालीलगायतले मन्तव्य दिनुभएको थियो ।

    कार्यक्रम धनकुमारी शाहीको अध्यक्षता र थमन घर्तीमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

    शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.