काठमाडौं । सरकारका सचिवद्वय तोयनारायण ज्ञवाली र दिनेश भट्टराईले राजीनामा दिएका छन्।
Advertisement
चौथो वरियताका सचिवलाई मुख्यसचिव बनाएको भन्दै राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली र महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री स्रोतका अनुसार उनीहरुको राजीनामा स्वीकृतसमेत भइसकेको छ ।
ज्ञवाली सचिवहरूमध्ये सबैभन्दा वरिष्ठ रहेर एक नम्बरमा थिए भने भट्टराई तेस्रो नम्बरमा थिए।
तर, भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिव बनाएपछि उनीहरू असन्तुष्ट हुँदै राजीनामा दिएका हुन्।