भरतपुर । चितवनमा राष्ट्रिय जनमोर्चा जिल्लाको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
Advertisement
राजमो नेता रहनुभएका कृष्ण केसीसमेतकी आमा वशुन्धरा केसीको निधमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्मृतिशेष वशुन्धराले पार्टी सङ्गठनप्रति पुर्याएको योगदानस्वरूप एक मिनेट मौनधारणपछि राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्रीले शोक समवेदना फ्रेमवाचन गरी शोकमन्तव्य राख्नुभएको थियो ।

शोकमन्तव्यको क्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले वशुन्धराको मृत्युले सङ्गठनलाई क्षति पुगेको बताउनुभयो ।
शोकसभामा राजमो केन्द्रीय सदस्यदेखि चितवनका जनवर्गीय नेताकार्यकताको उपस्थिति रहेको थियो ।
शोकसभाको सञ्चालन पदम वाग्लेले गर्नुभएको थियो ।

