श्याम पोखरेल, बुटवल ।
राष्ट्रिय जनमोर्चा बुटवलले बुटवल उपमहनगरापालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
२०८१ भदौ १४ गते शुक्रबार राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलले ज्ञापन बुझाएको हो ।
राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता, जनजीविका, सुशासन, स्वास्थ्य, शिक्षा, यातायात, कृषि, सहकारीलगायतका विषयमा स्थानीय विकासका मुद्दाहरूसमेतका विषयमा ज्ञापनपत्र बुझाइएको केसीले बताउनुभयो ।
समयको मागअनुसार जनताले उठाएका माग सम्बोधन गर्न आग्रह गर्दै २३ बुँदे मागपत्र बुटवल उपमहानगरलाई बुझाइएको अध्यक्ष उहाँले जानकारी गराए ।
ज्ञापनपत्र बुझ्दै बुटवल नगरप्रमुख खेलराज पाण्डेयले राजमोले उठाएका माग जायज भएको बताउँदै स्थानीय सरकारले गर्न सक्ने माग प्ररा गर्ने प्रतिबद्वता जनाउनुभयो ।
बुटवलको विकासमा सबै पक्षसँग सहकार्य गर्दै आएको बताउँदै राजनीतिक दलले उठाएका विषयमा आफू गम्भीर रहेको प्रमुख उहाँको भनाइ छ ।
ज्ञापनपत्र बुझाउन कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राजमो रुपन्देहीका सचिव केपी पोखरेल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डीराज शर्मा, राजमो बुटवल नगर समितिका पदम श्रेष्ठलगायतका स्थानीय नेताहरूको सहभागिता रहेको थियो ।
