• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

हल्द्वानी र पलियाको अवस्था भारतभर छ, नेपालीको तत्काल उद्धार गरः मसाल


  •   बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले भारतका विभिन्न शहरमा नेपालीको विजोग भइरहेको भन्दै छिटो उद्धार गर्न सरकारसँग माग गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले बिहीबार एक वक्तप्य प्रकाशित गरी भारतको उत्तराखण्डस्थित हल्द्वानीबाट १७ नेपालीलाई अपमानित ढंगले निकालिएको समाचारले आफूलाई गम्भीर बनाएको बताउनुभएको छ ।

    यस्तै, कैलालीसँग सिमाना जोडिएको पलियाको क्वारेन्टिनमा रहेका नेपालीहरुलाई पनि एक छाक मात्रै खाना दिइएको उल्लेख गर्दै यस्तो अवस्था भारतका विभिन्न स्थानमा रहेकोले तत्काल नेपालीलाई उद्धार गरी घर ल्याउन महामन्त्री सिंहले सरकारसँग आग्रह गर्नुभएको छ ।

    हल्द्वानी र पलियाको घटनाबारे युगदर्शनले बुधबार भिडियोसहित समाचार प्रकाशित गरेको थियो ।

    यो हेर्नुहोस् समाचारः

    भारतीय क्वारेन्टिनबाट अपमानित ढंगले निकालिए नेपाली (भिडियो सहित)

    यस्तो छ, नेकपा (मसाल)को वक्तव्यः ‘सरकारले विदेशस्थित कतिपय नेपालीहरूलाई वर्गीकरण गरेर प्राथमिकताका आधारमा स्वेदश ल्याउनेबारे विचार गरिरहेको समाचारलाई नेकपा (मसाल)ले सकारात्मक रूपमा लिन्छ । आखिरमा विदेशस्थित नेपालीहरूलाई अनिश्चित कालसम्म आफ्नो देशमा आउन रोक्नु न सम्भव हुनेछ, न व्यवहारिक र उचित नै । लकडाउनलाई पनि अनिश्चित कालसम्म लम्बाउन सकिने छैन र त्यसपछि विदेशस्थित नेपालीहरू स्वत नेपाल आउन खुला हुनेछन् ।

    त्यसपछि ठूलो सङ्ख्यामा विदेशबाट नेपाल आउने नेपालीहरूका लागि कुन प्रकारको योजना बनाउने ? सरकारले अहिलदेखि नै गम्भीरतापूर्वक विचार गर्नुपर्छ र आगामी बजेटमा त्यसबारे सरकारले ठोस नीति र कार्यक्रम ल्याउनु पर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ । तर यो दीर्घकालिन प्रश्न हो र यससम्बन्धी एउटा समस्याप्रति हामीले सरकारको विशेष ध्यान अकार्षित गर्न चाहन्छौँ ।

    आज बिहान परराष्ट्रमन्त्रीले एउटा अनलाइन पत्रिकालाई दिएको अन्तरवार्ताप्रति हाम्रो गम्भीर ध्यान आकर्षित भएको छ । उनको अन्तरवार्तामा खाडी र मलेसिया समेतका मुलुकहरूमा भएका नेपालीहरूलाई स्वदेशमा ल्याउने योजना भएको कुरा बताइएको छ । तर त्यस सन्दर्भमा भारतस्थित प्रवासी नेपालीहरूबारे केही पनि भनिएको छैन

    । भारतका लाखौँ नेपालीहरूलाई स्वेदशमा ल्याउन तत्काल सम्भव नभएपनि कोरोना भाइरसको कारणले धेरै नै अप्ठ्यारो परेका नेपालीहरूलाई नेपालमा ल्याउनको लागि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । समस्या भारतीय सीमामा आएर बसेका करिब एकहजार नेपालीहरूको मात्र होइन ।

    भारतमा विभिन्न होटेल, रेष्टुरा आदिमा वा चौकीदारी जस्ता निम्नस्तरीय नोकरी गर्ने नेपालीहरू कोरोना भाइरसको कारणले बेरोजगार वा बेखर्ची भएका छन् । उनीहरूलाई दैनिक जीवन निर्वाह गर्न पनि गाह्रो भएको छ र उनीहरू सडकमा रुवावासी गर्दै हिडिरहेका समाचारहरू प्राप्त भइरहेका छन् ।

    भारतमा विभिन्न राज्य सरकारहरूले आफ्नै देशका नागरिकहरूलाई पनि क्बारेन्टाइनमा राखेर लामो समयसम्म उनीहरूको खानपिनको व्यवस्था गर्न नसकेको कारणले उनीहरूलाई आफ्ना आफ्ना राज्यमा पठाउने व्यवस्था गरेका छन् त्यसप्रकारको स्थितिमा उनीहरूले क्बारेन्टाइनमा राखेका नेपालीहरूलाई पनि खानपिन बन्द गरेर निकाल्दैछन् ।

    हालै प्राप्त एउटा ताजा समाचारअनुसार उत्तराखण्डको हलद्वानीमा क्बारेन्टाइनमा राखिएका १७ जना नेपालीहरूलाई जर्बजस्तीपूर्वक त्यहाँबाट हटाइयो । कैलालीको सिमामा रहेको पलियाको क्बारेन्टाइनमा राखिएका करिब दुईसयजना नेपालीहरूलाई एकहप्तादेखि एकछाक मात्र खान दिने गरिएको छ । त्यो पनि छिटै बन्द गर्ने कुरा गरिएको छ । यी दुवै एकाध प्रतिनिधि घटनाहरू मात्र हुन । नेपालीहरूले भारतका विभिन्न सहरहरूमा धेरैतिर त्यसप्रकारको स्थितिको सामना गर्नु परिरहेको छ ।

    त्यस सन्दर्भमा यो उल्लेखनीय छ कि केही दिन पहिले पलियाको क्बारेन्टाइनमा बसेका दुईसय नेपालीहरूलाई नेपालमा फिर्ता ल्याउनको लागि सिमासम्म ल्याइएको थियो । तर केन्द्रको आदेश नभएको भनेर उनीहरूलाई पुनः पलियामा नै फर्काएर पठाइएको थियो ।

    माथि हामीले भारतका विभिन्न सहरमा क्बारेन्टाइनमा राखेर खापिनको व्यवस्था गरिरहेका नेपालीहरूबारे नै केही चर्चा गर्‍यौँ । स्वयं भारतका नागरिकहरूलाई पनि केन्द्रीय वा राज्य सरकारहरूले खानपीनको व्यवस्था गर्न नसक्ने भएर आफ्नाआफ्ना राज्यहरूमा पठाइसकेको अवस्थामा क्बारेन्टाइनमा राखिएका नेपालीहरूलाई उनीहरूले सधैँ खानपिनको व्यवस्था गरिराख्नेछन् भनेर सोच्न सकिन्न । हलद्वानी र पलियाका उदाहरणहरूबाट त्यो कुरा प्रष्ट भइसकेको छ ।

    माथि हामीले क्बारेन्टाइनमा राखिएका नेपालीहरूबारे नै केही चर्चा गर्‍यौँ । तर क्बारेन्टाइनमा नराखिएका र बेखर्ची भएर भोकभोकै सडकमा हिडिरहेका नेपालीहरूको पनि ठूलो सङ्ख्या छ । उनीहरूको जिम्मेवारी सरकारले लिनु पर्छ कि पर्दैन वा उनीहरूलाई भोकभोकै सडकमा मर्न दिने रु त्यो प्रश्नको सरकारले जबाफ दिनुपर्दछ ।

    हामीलाई प्राप्त भएको जानकारीअनुसार भारतमा नेपालमा फर्कन चाहने नेपालीहरूको सङ्ख्या लाखौँ भए पनि अहिले बेखर्ची भएर धेरै नै अप्ठ्यारोमा परेका नेपालीहरू भारतमा करिब २०देखि २५ लाख मात्र छन् । त्यसरी भारतस्थित नेपालीहरूको वर्गीकरण गरेर एकदम अप्ठ्यारो अवस्थामा परेका करिब २०देखि २५ हजार नेपालीहरूलाई खाडीका देशहरू वा मलेसियाबाट जस्तै, भारतबाट पनि नेपालमा ल्याउनको लागि सरकारले तुरुन्त पहलकदमी गर्नुपर्ने आवश्यकता छ ।

    दिल्लीस्थित नेपाली राजदुतावास वा भारतका विभिन्न नेपाली संस्थाहरूको माध्यमद्वारा त्यहाँका एकदम अप्ठ्यारोमा परेका नेपालीहरूको तथ्याङ्क वा जानकारी सरकारले लिन सक्नेछ । अन्तमा खाडि र मलेसियाका अप्ठ्यारोमा परेका नेपालीहरूका साथै भारतका पनि धेरै नै अप्ठ्यारोमा परेका नेपालीहरूलाई तुरुन्त स्वदेशमा ल्याउनका लागि आवश्यक व्यवस्था गर्न हामीले सरकारसित माग गर्दछौँ ।’

    बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.