चन्द्रा श्रीस, काठमाडौ ।
Advertisement
अखिल नेपाल महिला सङ्घ काठमाडौँले २०८१ भाद्र १९ गते बुधबारका दिन प्रगतिशील तिजी कार्यक्रम गर्ने भएको छ ।
महिला सङ्घले राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपन ज्योनिगरमा सो कार्यक्रम गर्ने भनिएको हो ।
हालसालै भर्चुअल माध्यमबाट बसेको महिला सङ्घ काठमाडौँको बैठकले सो कार्यक्रम तय गरेको जिल्ला अध्यक्ष ऋतु केसीले जानकारी दिनुभयो ।
कार्यक्रममा महिला सङ्घकी केन्द्रीय अध्यक्ष मीना पुनको प्रमुख आतिथ्य रहने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रम बुधबार विहान १२ बजेदेखि सुरु हुने भएकाले सम्पूर्ण दाजुभाई÷महिला दिदीबहिनीहरूको उपस्थितिको लागि महिला सङ्घले आग्रह पनि गरेको छ ।