रवि पौडेल ##
Advertisement
स्वागत हाम्रो सर्वप्रथम अतिथि र नेतालाई
दोस्रो स्वागत टक्राउँछौँ उपस्थितलाई
तेस्रो स्वागत दिदिबहिनी दाजुभाइ सबैलाई
चौथोपटक स्वागत हाम्रो तिजको दिनलाई
हेर्नुहोला कार्यक्रम धैर्यधारण गरेर
सुन्नुहोला तिजका गीत शान्त भएर
सुरुदेखि अन्तिमसम्म अनुशासित भइदिनू
समापनपछि मात्रै बाहिर गइदिनू
जस्तो दर भए पनि मिठो मानी खाइदिनू
राम्रो लाउनु पर्दैन है स्वच्छ भइदिनू
सधैँ झै कार्यक्रम सफलता पा’को छ
हाम्रो समाज मूल प्रवाह खुसी भा’को छ
शब्दबाटै दियौँ हाम्ले उपस्थितलाई पुरस्कार
नाच्नु गाउनु कम्मर भाच्नु सबलाई नमस्कार
अगस्त २७, २०२४