• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

गुट–उपगुटले पारेको समस्या


  •   बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित
  • मनोज भट्ट

    Advertisement

    शायद विश्वको पहिलो राजनीतिक दलको नाम टोरी (अनुदारवादी) र हिवग (उदारवादी) हो । यी दुई वटै दल अठाहौँ शताब्दीमा बेलायतमा विकास भई स्थापना भएका हुन । सुरुमा यिनीहरू गुुट वा समूहको रूपमा क्रियाशील थिए । समान विचार भएका गुट वा समूह आपस मिलेर राजनीतिक दलको स्थापना गरेका हुन् ।

    कार्ल माक्र्सले कम्युनिस्ट पार्टीको स्थापना गर्नका लागि सुरुमा कम्युनिस्ट पत्राचार कमिटी गठन गरेका थिए । त्यो पत्राचार कमिटी पनि एक प्रकारको समूहजस्तै थियो । पत्राचार कमिटीमा माक्र्स र एङ्गेल्सबाहेक काल्पनिक समाजवादी पनि सम्मिलित थिए । पत्राचार कमिटीको पहलमा न्यायिक लिग भन्ने समूहसँग माक्र्सको सम्पर्क भयो ।

    थुप्रै वैचारिक छलफलपछि न्यायिक लिग माक्र्सको विचारका आधारमा काम गर्न सहमत भयो । न्यायिक लिग र कम्युनिस्ट पत्राचार कमिटी आपसमा मिलेर कम्युनिस्ट लिग स्थापना भयो । कम्युनिस्ट लिग नै विश्वको पहिलो कम्युनिस्ट सङ्गठन हो ।

    उपर्युक्त दुई वटा उदाहरणबाट प्रष्ट हुन्छ कि आधुनिक राजनीतिक दल गुट वा समूहका विकसित रूप हुन् । दल निर्माणको प्रारम्भिक रूप अथवा स्वरूप गुट वा समूह हुन् । इतिहासको एउटा कालखण्डमा गुट वा समूहको आफ्नो महत्त्व थियो । पार्टी निर्माणका लागि गुट वा समूह पूर्वशर्तजस्तै थिए । यद्यपि आधुनिक युगमा पनि पार्टी निर्माण वा स्थापनाका लागि गुट वा समूहको महत्त्व रहेको कुरालाई अस्वीकार गर्न सकिन्न ।

    तर गुट वा विभिन्न समूह मिलेर पार्टीको निर्माण भइसकेपछि गुटको विरासतलाई कायम राख्ने वा गुटबन्दी गर्ने कार्यले एउटा कम्युनिस्ट पार्टीले क्रान्तिको अभिभारा पूरा गर्न सक्दैन । गुटबन्दीका विरुद्ध निर्मम हुनु नै पर्दछ । गुटबन्दीले क्रान्तिलाई नोक्सान पु-याउँछ । विचारको स्वतन्त्रता र कामको एकताका लागि लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई पालना गर्नुपर्दछ ।

    राजनीतिअनुसारको सङ्गठनात्मक ढाँचा वा प्रणाली निर्माणमा जोड दिने गरिन्छ । यो कुरा कसैबाट लुकेको छैन कि नेकपाले माक्र्सवाद–लेनिनवाद परित्याग गरिसकेको छ । नेकपाले क्रान्तिकारी सिद्धान्त परित्याग गरिसकेको अवस्थामा उसले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तअनुसार पार्टीलाई जनवादी केन्द्रीयताको आधारमा सञ्चालन गर्नुपर्ने आवश्यकता पनि रहेन । त्यो सिद्धान्त उसका लागि आवश्यक पनि छैन ।

    तर पार्टीभित्र गुट–उपगुटको वर्चश्वशाली अवस्थाका कारण दक्षिणपन्थी अवसरवादी राजनीतिलाई समेत अगाडि बढाउन वा यही व्यवस्थाअन्तर्गत जनताको जनमत लिएर स्थीर सरकार सञ्चालन गर्न नसक्ने अवस्थामा पु-याइदिएको छ ।

    विगतमा माधव नेपाल, झलनाथ खनाल तथा संविधान निर्माणपछि बनेको केपी ओली नेतृत्वको सरकारका विरुद्ध स्वयम् नेकपाभित्रका विभिन्न प्रतिस्पर्धी गुटले चलाएको अभियान र त्यसबाट सरकार सञ्चालनमा परेको बाधा सबैको अगाडि प्रष्ट नै छ । नेकपाभित्रको गुटबन्दीको अवस्थाले देशको राजनीतिलाई नै बन्धक बनाउनेसम्मका काम भइरहेका छन् ।

    उनीहरूभित्रको चरम गुटबन्दी तथा छताछुल्ल अन्तरविरोधलाई कैयौँ अवस्थामा देशी तथा विदेशी प्रतिकृयावादी शक्तिले आफ्नो राजनीतिक उद्देश्यका लागि समेत उपयोग गरिरहेका छन् । नेकपाभित्रका प्रतिस्पर्धी गुटको प्रकृति हेर्दा तिनीहरू कुनै वैचारिक समूह वा गुट होइनन् । मुख्यतया पार्टी र राज्यमा आआफ्ना पकड कायम गर्न गुटको निर्माण भएको छ । राजनीति र सिद्धान्तको सवालमा यिनीहरूका बिचमा खासै मतभेद छैन ।

    त्यसैले यिनीहरूका बिचको सङ्घर्षले प्रायः अराजनीतिक रूप लिने गरेको छ । कुनै राजनीतिक वा साङ्गठनिक विषयलाई लिएर सङ्घर्ष चले पनि ती विषयलाई गौण वा तपशिलको विषय बनाएर पदीय भागबण्डामा गएर टुङ्ग्याउने गरेका छन । पदीय भागबण्डाको आधारमा नेकपाभित्र नयाँ नयाँ समीकरण बन्ने र परिवर्तन हुने गरेका छन् । केपी ओलीका विरुद्ध बनेको समीकरण एकाएक परिवर्तन हुनुमा छुद्र प्रकारको भागबण्डाको राजनीतिले काम गरेको कुरा स्पष्ट नै छ ।

    नेकपाभित्र गुटको वर्चश्वशाली अवस्था छ । पार्टीको केन्द्रीय कमिटी, स्थायी समिति र सचिवालयमा गुटको हैसियतअनुसार भागबण्डा गरिएको छ । स्थानीय निकाय, प्रदेशसभाका सदस्य र सरकार तथा सङ्घीय संसद र सरकारमा त्यही प्रकारका नीति अवलम्बन गरिएको छ ।

    यहाँसम्म कि सरकारबाट नियुक्त हुने विभिन्न देशका राजदूत, सर्वाेच्च तथा उच्च अदालतमा नियुक्त हुने न्यायाधीश, संवैधानिक निकायका प्रमुख तथा सदस्य, विभिन्न राजनीतिक नियुक्ति, विभिन्न विश्वविद्यालयका उपकुलपतिलगायतका पदाधिकारीमा समेत गुटगत आधारमा भागबण्डा गर्ने गरिएको छ । नेकपाभित्रका कुनै सदस्यले लाभको पद वा पार्टीको आन्तरिक निर्वाचनमा कुनै पद प्राप्त गर्न कुनै न कुनै गुटकोमा लाग्नुपर्ने बाध्यात्मक अवस्था छ अर्थात् गुटमा सामेल हुन नचाहनेका लागि पार्टीमा कुनै स्थान छैन । पार्टीमा त्यस प्रकारको वातावरण जबरजस्त ढङ्गबाट निर्माण गरिएको छ ।

    सम्पूर्ण पार्टी विभिन्न गुटमा तलसम्मै विभाजित भएको कारण गुटबन्दीलाई नियन्त्रण गर्न कार्यकर्ताको स्वतन्त्र पहलकदमी वा दबाबले काम गर्न सक्ने अवस्था पनि अत्यन्तै कमजोर देखा परिरहेको छ । त्यसैले नेकपाभित्र तत्काल गुटको वर्चश्वशाली अवस्था कमजोर हुने देखिन्न । पार्टीभित्र गुटको वर्चश्वशाली अवस्था रहँदासम्म प्रतिद्धन्दी गुटका बिच सत्ता र शक्तिका लागि अस्वस्थ प्रतिस्पर्धा चलिरहने छ ।

    समीकरण बन्ने र भत्किने क्रम जारी रहने छ । तर देशको राजनीतिलाई सही दिशामा लैजान यो अवस्थामाथि नियन्त्रण गर्नुको कुनै विकल्प छैन । यदि अहिलेको अवस्थामा नियन्त्रण गरिएन भने स्वयम् नेकपाको राजनीतिक भविष्य नै धरापमा पर्ने खतरा छ ।

    नेकपाले दक्षिणपन्थी अवसरवादी बाटो अपनाएता पनि सङ्गठनात्मक क्षेत्रमा चिनियाँ तथा भारतीय कम्युनिस्ट पार्टीको कार्यशैलीबाट शिक्षा लिनुपर्ने आवश्यकता छ । यी दुई वटै पार्टीले कम्युनिस्ट सिद्धान्त परित्याग गरे पनि पार्टीभित्र अनुशासनको अवस्थालाई कमजोर हुन दिएका छैनन् । गुटबन्दी र अनुशासनविहीनताले कम्युनिस्ट सिद्धान्त परित्याग गरेको पार्टीमा यति धेरै समस्या पैदा गरेको छ ।

    गुटबन्दी र अनुशासनविहीनताले झन् क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई कति क्षति पु-याउला ? सहजै अनुमान गर्न सकिन्छ । त्यसैले पार्टीलाई अनुशासित बनाउनमा जोड दिऊँ । गुटबन्दीलाई निरुत्साहित गरौँ । पार्टीलाई जनवादी केन्द्रीयताको आधारमा सञ्चालन गरौँ ।

    बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ
    सुनसरी घटनाको सन्दर्भमा
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.