अर्घाखाँची । राष्ट्रिय जनमोर्चा मालारानी गाउँसमितिले गाउँपालिकालाई विभिन्न विषय समेटेर ज्ञापन पत्र बुझाएको छ ।
आइतबार (भदौ ९ गते) राजमो जिल्ला सचिवालय सदस्य भीमलाल आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई ज्ञापन बुझाएको हो ।
१३ बुँदे ज्ञापन पत्रमा विभिन्न राष्ट्रिय समस्यादेखि स्थानीय समस्याबारे राजमोले ध्यानाकर्षण गराएको छ । पालिकालाई स्थानीय सरकारका २५ वटा अधिकार क्षेत्रबारे पनि राजमोले स्मरण गराएको छ ।
ज्ञापन पत्रमा ‘स्थानीय तहले गरिरहेका विभिन्न प्रकारका दलीय विभेदको अन्त’ गर्न माग गरिएको छ ।
यस्तै, ‘सहकारी दर्ता तथा स्थापना, नियमन र अनुगमनको अधिकार, स्थानीय पालिकामा रहेको हुनाले राज्य पुनर्संरचना गर्दा हाम्रो पालिकाको जिम्मामा परेका सहकारीलाई व्यवस्थित तुल्याएपछि मात्र अन्य नयाँ सहकारी स्थापना वा दर्ताको अनुमति दिइनु पर्दछ’ ज्ञापन पत्रमा भनिएको छ, ‘बचत तथा ऋण सरकारी ती हचुवाको भरमा गरिनु हुँदैन ।’
ज्ञापन पत्र बुझाउन राजमो जिल्ला सदस्य सुदिप पन्थी, गाउँपालिका समितिका अध्यक्ष योगेन्द्र थापा, सदस्यहरू हरी नेपाली, भूपे सुनार, केदारसिंह घर्ति तथा ५ नम्बर वडा समिति अध्यक्ष रामचन्द्र भुसाललगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।
यस्तो छ ज्ञापन पत्र :

