काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर– २ का अध्यक्ष मुकेश यादवको शव फेला परेको छ।
Advertisement
बर्दिबास नगरपालिका– ८ मा पर्ने बर्दिबास– जलेश्वर सडक खण्डको कल्भर्टमुनी आइतबार यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
शवसँगै यादव सवार लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल पनि घटनास्थलमै भेटिएको प्रहरीले जनाएको छ ।
स्थानीयले घटना शंकास्पद रहेको दाबी गरेका छन्।
वडाध्यक्ष यादव गएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।