रामदेव पाण्डे ##
Advertisement
वैज्ञानिक विद्वान् ग्रहमा चढ्छन् ।
विचरण मङ्गल शनिमाथि गर्छन् ।१।
हुँदैन रे औषधी मूर्खताको कुनै ।
मूर्खमा अनेकानेक ग्रह नै चढ्छन् ।२।
लागेमा ओरालो पुगिने हो पिँधमा ।
शिखरमा त उक्लिने मात्र चढ्छन् ।३।
काल्पनिक कथामा मूर्ख मक्ख ।
विद्वान यहाँ ज्ञानविज्ञान पढ्छन् ।४।
गरी चरको अपमान अचरको पूजा ।
थरीथरी पाखण्डी र पाखण्ड छन् ।५।
भन्छन् गोचर मूर्ख अगोचरलाई ।
खेती अन्धविश्वास र भ्रमको गर्छन् ।६।
वैज्ञानिक विद्वान् ग्रहमा चढ्छन् ।
मूर्खमा अनेकानेक ग्रह नै चढ्छन् ।७।
(२०८१ भदौ ५ गते बुधबार)