रवि पौडेल ##
Advertisement
के सुनाउँ खै खबर मैले देशको हालत यस्तै छ
जुन सरकार आए पनि उस्तै उस्तै छ
महङ्गीले आकाश छोयो युवा सबै विदेशमा
आमाबाबु रोएका छन घरको आँगनमा
स्वास्थ्य र शिक्षा कमजोर नेता सबै कमजोर छन्
नेतादेखि कर्मचारी सबै कामचोर छन्
बेच्छन् आफ्नै नागरिक पैसा आउने भएसि
शरणार्थी बनाउँछन् डरल पाएसि
एमसिसी डलरैमा सङ्घीयता लादेर
घिउसँग भात खान्छन् रिन काढेर
विदेशीले सीमा मिच्दा टुलुटुलु हेर्दछन्
अझै ठुला राष्ट्रवादी कुरा गर्दछन्
प्रवासीले मागेका छन् भोट दिने अधिकार
डराउँछ राज्यसत्ता किन बेकार
युवा सबै जागे भने भूकम्प झैँ ढल्ने छन्
संसद् घेर्न आयौँ भने जिल्ल पर्ने छन्
राज्यसत्ता पल्टाइदिने युवाको छ चाहना
यो गीतको अन्त्य भयो शुभकामना ।
(अगस्त १५, २०२४)