• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पाल्पाका सात राजनीतिक दलद्वारा छ बुँदे प्रेसविज्ञप्ति जारी


  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
  • तानसेन । पाल्पाका सात राजनीतिक दलहरूले समसामयिक विषयमा छ बुँदे प्रेसविज्ञप्ति जारी गरेका छन् ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका विशाल दर्लामी, नेकपा (माओवादी केन्द्र) का राजेन्द्र विक, नेकपा (एकीकृत समाजवादी) का अशोककुमार शाही, नेपाल कम्युनिस्ट पार्टीका मीन सी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर कुँवर र राष्ट्रिय जनमुक्ति पार्टीका नारायण कुँवरको हस्ताक्षरमा २०८१ साउन २८ गते सोमबार विज्ञप्ति जारी गरिएको हो ।

    विज्ञप्तिको पहिलो बुँदामा भ्रष्टाचार र अनियमिततासम्बन्धी विभिन्न मुद्दाहरूको छानबिन गर्ने जिम्मा पाएको राष्ट्रसेवक कर्मचारीलाई छानबिनको टुङ्गो नलाग्दै सरकार परिवर्तनपछि तत्काल सरुवा गर्नुलाई शङ्कास्पद बताइएको छ । विज्ञप्तिमा भनिएको छ– “त्यसैले निष्पक्ष छानबिनका लागि एक स्वायत्त र शक्तिशाली नागरिक छानबिन आयोग गठन गर्न हामी जोडदार माग गर्दछौँ ।”

    दोस्रो बुँदामा साना तथा मझौला व्यापारी एवम् सर्वसाधारणले विद्युत् बिल विलम्ब हुँदा लाइन काट्ने गरिएकोमा केही ठुला व्यापारीको सवालमा भेदभाव गरिएको आपत्ति प्रकट गरिएको छ । “सरकारले तिनै व्यापारीको पक्षमा वकालत गर्नु वा त्यस्ता अर्बौं रकम मिनाह गर्न विद्युत् प्राधिकरणलाई दबाब दिनु सरकारकै तर्फबाट भ्रष्टाचारी एवम् देशद्रोही कदम हो” विज्ञप्तिमा उल्लेख छ ।

    तेस्रो बुँदामा दलीय भागवण्डामा राजदूत नियुक्त गरिँदा मुलुकको कूटनीतिक क्षमता फितलो हुँदै गएकोमा चिन्ता व्यक्त गरिएको छ । यस सन्दर्भमा देशको अन्तर्राष्ट्रिय छविमा आँच पुगिरहेकोतर्फ ध्यान आकर्षण गराइएको छ ।

    चौथो बुँदामा त्रिभुवन विश्वविद्यालयमा परीक्षाअगावै प्रश्नपत्र बाहिरिने वा पुरानै प्रश्नपत्र दोहोरिएर आउने समस्या उठाइएको छ । त्यस सन्दर्भमा आफ्ना दलका समर्थकलाई बचाउने कार्य गरिएको बताइएको छ ।

    पाँचौँ बुँदामा गुणस्तरहीन खानेतेल, पानी, खाद्य पदार्थको उत्पादन र बेचविखनलाई नियन्त्रण गर्न आग्रह गरिएको छ । “त्यस्तो कार्यमा संलग्न व्यापारीलाई अविलम्ब कडा कारबाही गरिनु आवश्यक छ भने सरकारी अस्पतालहरू आम जनताको स्वास्थ्य उपचारमा झन्झटिलो र बाध्यात्मक होइन बरु सरल र सहज बन्नु जरुरी छ” विज्ञप्तिमा भनिएको छ ।

    छैटौँ बुँदामा सङ्घ र प्रदेशका सरकारमा स्वच्छ छवि र क्षमता भएकाभन्दा स्वार्थ बाझिने र अभियोग लागेका व्यक्तिहरूलाई मन्त्री बनाइनुलाई गैरजिम्मेवार प्रवृत्ति बताइएको छ ।

    सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.