• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

दबाब, मोलमोलाइ र राजनीतिक लाभ


  •   सोमबार, बैशाख २२, २०७७ मा प्रकाशित
  • मनोज भट्ट

    Advertisement

    पार्टीभित्र देखा पर्ने विभिन्न प्रकारका विसङ्गति, विकृति, गलत वा अवसरवादी राजनीतिका विरुद्ध नेकपाका नेता/कार्यकर्ता तथा तल्लो पङ्क्तिले कतिपय अवस्थामा आवाज उठाउने गरेका छन् । त्यसमा सुधारका लागि नेतृत्वलाई दबाब दिने गरेको पाइन्छ । तर त्यो दबाबको अन्तिम परिणति अपवादबाहेक नेतृत्वसँग मोलमोलाइ गरेर वा त्यो दबाबलाई उपयोग गरेर नेतृत्वका बिच आपसी सत्ता साझेदारी वा पदको लेनादेना गरेर आआफ्नो गुटगत स्वार्थ वा लाभ लिने गरेका छन् ।

    केपी ओली सरकार र पार्टीको नेतृत्व गर्न असफल भएका कारण दुई वटै पदबाट हट्नुपर्ने प्रचण्ड, माधव, तथा वामदेवलगायतको माग थियो । केपीको व्यक्तिवादी कार्यशैलीले पार्टी तथा सरकार सञ्चालनमा बाधा पुगेको कुरालाई अस्वीकार गर्न सकिन्न । केपी नेतृत्वको सरकार स्वार्थ समूह र माफियाको चङ्गुलमा फसेको हुनाले जनताका बिच काफी बद्नाम भएको छ ।

    केपीइतरको समूहले यी सबै कुराको विरोध ग¥यो, जसलाई सकारात्मक मान्नुपर्ने हुन्छ । तर त्यो विरोधको उद्देश्य पार्टीभित्र आफ्नो अवस्था बलियो बनाएर राजनीतिक मोलमोलाइ गर्नका लागि गरेको देखियो । नेतृत्वसँग मोलमोलाइ गरेर केही राजनीतिक लाभ प्राप्त गर्र्नेे अवसरवादी तरिका अपनाए ।

    नेकपाभित्र देखा परेको विवादलाई समाधानका गर्नका लागि केपी ओली वामदेवलाई प्रधानमन्त्री बनाउन सहमत भएका छन् । यद्यपि यो सहमति उधारो छ । वामदेव पनि उधारो प्रधानमन्त्री बन्न तयार भएर प्रचण्ड खेमा छोडेका छन् । वर्तमान सरकारलाई अपदस्थ गरेर माधव नेपाललाई प्रधानमन्त्री बनाउने अभियानका मुख्य सूत्रधार प्रचण्डले पनि माधव नेपालसँगको मोर्चाबाट हटेर सचिवालयको बैठकमा तटस्थजस्ता देखिएका छन् ।

    कुन प्रकारको राजनीतिक लाभ पाएर प्रचण्ड आफ्नो अभियानबाट पछाडि हटे वा माधव नेपाललाई एक्लै मैदानमा छोडे त्यो भविष्यले स्पष्ट पार्ने छ । स्मरण रहोस्, फागुन महिनादेखि नै प्रचण्ड केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनका लागि गोप्य तथा खुल्ला रूपमा लागेका थिए । यद्यपि माधव नेपाल सुरुमा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने पक्षमा थिएनन् । त्यो कुरामा उनको सहमति थिएन ।

    धेरै पछि गएर मात्र त्यो कुरामा सहमत भएका हुन् । तत्कालका लागि केपीका विरुद्ध निर्माण भएको वामदेव, प्रचण्ड र माधव नेपालको मोर्चा भत्केको छ । वामदेव केपी मोर्चामा सामेल भएका छन् भने प्रचण्ड अहिलेको विवादमा तटस्थ हुन पुगेका छन् । आआफ्नो राजनीतिक स्वार्थ पूरा गर्न नेकपाभित्र कसरी समिकरण बन्ने र भत्किने गर्छन् ।

    एउटै समिकरणभित्र पनि कसरी एउटाले अर्कोलाई आफनो स्वार्थका लागि प्रयोग गर्छन् भन्ने कुरा स्पष्ट भएको छ । नेकपाभित्रको शक्ति समिकरण फेरिएको छ । तर जुन समस्या नेकपाभित्र छन् वा थिए, ती समाधान भएका छैनन् अर्थात् समस्या यथावत छन् । ती समस्या भोलि नयाँ ढङ्गबाट अगाडि आउने छन् ।

    चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमणमा आएका बेला नेकपाका नेतालाई कूटनीतिक तथा घुमाउरो प्रकारले दुई वटा सुझाव दिएका थिए वा आलोचना गरेका थिए । पहिलो आलोचना नेकपाका नेताहरू विलासी छन् र दोश्रो आलोचना थियो, उनीहरू अनुशासित छैनन् । निश्चित रूपले नेकपाका नेताहरू विलासी र सुविधाभोगी छन् । आफ्नो विलासी जीवनलाई कायम राख्न उनीहरू जस्तोसुकै सरकारमा जान वा टिकिरहन चाहन्छन् । यहाँसम्म कि उनीहरूले राजाको प्रतिगामी शासनमा सामेल हुनसमेत कुनै हिचकिचाहट महशुस गरेनन् ।

    प्रतिगमन आंशिक सच्चियो भनेर राजाको सरकारमा सामेल भए । २०४७ सालदेखि आजको मितिसम्म केही बाहेक करिब करिब सबै सरकारमा सामेल हुँदै आएका छन् । नेकपाले माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई तिलाञ्जली दिएको लामो समय भइसक्यो । ऊ सर्वहारा वर्गको पार्टी रहेन । तर पूर्णतयाः बुर्जुवाकरण पनि भइसकेको छैन । वर्गीय रूपले पनि नेकपाले अत्यन्तै अस्थीर र सङ्क्रमण कालीन वर्ग अर्थात् मध्यमवर्गको प्रतिनिधित्व गर्छ ।

    नेकपाले वर्तमान व्यवस्थालाई सैद्धान्तिक रूपले स्वीकार गरेर त्यसअन्तर्गतको सरकारमा सहभागितालाई केन्द्रमा राखेर माक्र्सवादको भ्रष्टीकरण गरेको छ । नेकपामा सम्मिलित दुई वटा घटकमध्ये एमालेको बहुदलीय जनवाद र माओवादीको एक्काइसौँ शताब्दीको जनवाद माक्र्सवादी सिद्धान्तको भ्रष्टीकरणको उपज हो ।

    केही नेताहरूले सम्पूर्ण सोचाइ र पार्टीको राजनीतिक कार्यदिशाको निर्धारण आफ्नो महत्त्वकाङ्क्षा पूरा गर्नका लागि गर्ने गरेका छन् । वर्तमान संविधानले सङ्घीय संसदको सदस्य नभएको व्यक्ति पनि मन्त्री हुन सक्ने तर प्रतिनिधि सभामा हारेको मान्छे राष्ट्रियसभाको सदस्यमा मनोनित भएको अवस्थामा पनि मन्त्री हुन नपाउने संवैधानिक व्यवस्था गरेको छ ।

    त्यस विषयमा संविधानको धारा ७८ को उपधारा ४ को खण्ड (१) मा प्रष्ट व्यवस्था छ अर्थात् प्रतिनिधि सभामा पराजित कुनै व्यक्तिलाई मन्त्री हुन अयोग्य मानिएको छ । तर यी कुरा प्रष्ट हुँदाहुँदै पनि प्रचण्डले ओलीलाई कमजोर बनाउन वामदेवको सत्तालोलुप प्रवृत्तिलाई प्रयोग गरे । राष्ट्रियसभामा मनोनित गर्ने र संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने प्रलोभन दिए ।

    ओलीइतरका लगायतका पक्षले वामदेवलाई प्रधानमन्त्री बनाउन आफैले बनाएको संविधान र मूल्यमान्यताको धज्जी उडाउन र त्यसका लागि सिङ्गो पार्टीलाई बन्धक बनाउन पछि परेनन । ओलीले पनि अहिले वामदेवको लोभी चरित्रलाई उपयोग गरेर आफनो पक्षमा मिलाएका छन् । जनताले नेकपालाई अत्यधिक बहुमत दिए पनि नेताहरूको सत्तालोलुप चरित्रका कारण मुलुक राजनीतिक अस्थिरताको सिकार भई नै रहने खतरा देखिएको छ ।

    नेकपाले अपनाएको गलत सङ्गठनात्मक प्रणालीका कारण उनीहरूभित्र अनुशासनको पनि गम्भीर समस्या छ । पार्टी पार्टीजस्तो नभएर विभिन्न गुटको महासङ्घ जस्तो छ । प्रधानमन्त्रीका पे्रस सल्लाहकारले पार्टी त्रिशङ्कु (हङ पार्लियामेन्ट) संसदजस्तो बनेको छ भनेर दिएको अभिव्यक्तिले पार्टीको वर्तमान अवस्थाको अत्यन्तै सटिक चित्रण गरेको छ । नेकपाले पार्टीभित्र अनुशासन कायम हुन नसक्नुमा पार्टीको विशाल संरचनाका कारण हो भनेर पनि भन्ने गरेका छन् ।

    तर यो तर्कमा कुनै सत्यता छैन । चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य सङ्ख्या ९ करोडको हाराहारीमा रहेको छ । उनीहरूभित्रको अनुशासन उदाहरणीय र अनुपम प्रकारको छ । तर सैद्धान्तिक दृष्टिले चिनियाँ कम्युनिस्ट पार्टीले पनि माक्र्सवादी–लेनिनवादी सिद्धान्त परित्याग गरिसकेको छ ।

    समाजवादी दिशाबाट धेरै पछाडि हटिसकेको छ । तर पार्टी सञ्चालनको विधि जनवादी केन्द्रीयतालाई परित्याग गरेको छैन । पार्टीभित्र लौह अनुशासन छ । तर त्यसको विपरीत नेकपाभित्र साङ्गठनिक अराजकता छ । समिति अनावश्यक ठुला र भद्दा प्रकारका छन् । नियमित बैठक बस्ने, सामूहिक छलफल व्यक्तिगत सक्रियताको अभ्यास करिब समाप्त प्रायः छ ।

    केही सीमित नेताहरूले निर्णय गर्ने परिपाटीका कारण शक्ति सीमित व्यक्तिको हातमा केन्द्रित हुन पुगेकोे छ, जसको परिणाम षड्यन्त्र जालझेलले प्रश्रय पाएको छ । विभिन्न गुटहरू राजनीतिक सिद्धान्तभन्दा आआफनो गुटगत स्वार्थमा लिप्त रहेका छन ।

    एउटा गुटलाई असफल पार्न विपरीत गुटले प्रयत्न गरिरहन्छन् । गुटका बीचको आपसी अस्वस्थ प्रतिस्पर्धाले कैयौँ पटक देशको राजनीतिलाई समेत बन्धक बनाएर अस्थिरता पैदा हुने गरेको छ ।

    सोमबार, बैशाख २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.