खिमराज चालिसे, चन्डिगढ (भारत) ।
Advertisement
भारतको पन्जाब राज्यको बागा बोर्डरबाट जुलाई २२, २०२४ का दिन मामाघर खन्ना जान्छु भनी हिँडेकी २६ वर्षीय युवती पारू जुलाई ३० सम्म सम्पर्कविहिन भएपछि मूल प्रवाह खोजी कार्यमा लागेको छ ।
सम्पर्कविहीन युवतीका पति चन्द्रबहादुर विश्वकर्माले मूल प्रवाहमा दिएको निवेदनअनुसार उनका दुई सन्तानहरू (पाँच वर्षको छोरी र तीन वर्षको छोरा) छोडेर सम्पर्कविहीन भएको बताएका छन् ।
अर्घाखाँची जिल्लाको सुवर्णखाल १ निवासी चन्द्रबहादुर विककी पत्नी पारू विक भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा चन्द्रबहादुर विक, फोन ६२८३४१०११७ र ७९७३४४१८४२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।